हुन्डीको ३३ लाख सहित ५ कारोबारी पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau-1715341503_Kd5MgXKaUB_ozjfablmkryovmpm55yy53yvtzols6nhwxu0uhcu27ymtpmgjezmhk2zcdir_Nod9CPVuhg_lbviedkn1if6mcx89fibb9id23xxvge14r9lcbzx2d6x4smmpexulykep1vh.jpg)
रौतहट स्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिक लाई पक्राउ गरेको थियो ।
मोटरसाईकलको सीट मुनि लुकाएर उक्त रकम ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत भारतीय हुन्डी कारीवारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी विक्रम हुमागाईँले बताएका छन्।
गत माघ ५ गते ५ लाख ९४ हजार सहित एक जना मानिसलाई मोटरसाइकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। २०८० पुस २० गते ५ लाख ११ हजार, ८७५ रुपैयाँसहित दुई मानिस एकथान मोटरसाइकल, सोही दिन भारतीय रुपैयाँ ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ गरेका थिए ।
माघ महिना देखि असारको दोस्रो सातासम्म सशस्त्र प्रहरीले रौतहटको विभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार,८७५ रुपैयाँसहित ५ जना हुन्डी कारोबारमा संलग्न मानिसलाई पक्राउका साथै उनीहरूको ३ थान मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
![विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/1651551287-6fm5z1695878921_hKrV1My57f_swvhd8u1bekb7mjkdi6voddvgtm8tp38aryw0j7xk9sabfw40ng51m60zydw_nFiUBaT4s0_b144egbl4awldehrfjyggv6u5wvxj8jtcbqyenukfjyuqnqhcfwstkbojdgb.jpg)
विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ
![बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/ggggggggg_7bbr2uMBBz_rwcrbakwt3tirqajzpqgxpxob3ixmdeljytz9thlgve71qhaomgckrqln1zt_wtbi0d0HwW_lsbsgih55jklaoewtj2ww35edhux94yc1ueqdyyx4ctcovlhrrhsvcn5du0l.webp)
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
![बाराबाट गाँजासहित दुई पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau.2023-09-14-08-09-56.2024-04-30-11-04-09_GxNeTIgWMN_m8mtlmqev1kjm4ghkbm7qvxaazcppjlpbxfnmonhvgaddpd749qpeairq4vn_slhzKkLbGL_vyutbgfuag8xuygh6gdi59jtslgoxeq7rh4jmhqzzjhrzmgh0csqq9uwomhy.jpeg)
बाराबाट गाँजासहित दुई पक्राउ
![झापामा धारिलो हतियार प्रहार गरि वृद्ध महिलाको हत्या](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
झापामा धारिलो हतियार प्रहार गरि वृद्ध महिलाको हत्या
![विवाहको बाहनामा चीनमा मानव तस्करी गरेको आरोपमा एक महिला पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Sundari-Rai_eZRdzksAY7_mewgahrrjtpilji6jnlpob948slvqwecby3he3gxnpwn13lc3hbzrk8u4ifn_GNAkz2v8Fw_xr6eks221ewgg8xd8gu4jbp90lq2wjh3oemrwgh8lkjzzssznkwpn3crcrpk.jpg)
विवाहको बाहनामा चीनमा मानव तस्करी गरेको आरोपमा एक महिला पक्राउ
![विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/juwade-pakrau-arrest-taas_cDO9vJFC17_lzlqotcfnllatuy458ydn1me58cczwisi7dltrmyjfsbpovonbahrmvy3iiy_UrRaf2trpw_ytvx62jafjhn4b6k0bbp0druk7tlstw4zllu1g5mmfnwwndlzt6i9vwehyzi.jpg)
विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जना पक्राउ
![१३ किलो अफिमसहित दाङबाट तीनजना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_VTGaXZuhrP_mlrsej8m5jkxsev2otmcberdcvmz2bu5yi7atvrzg3g06tomj7x2edwxf3pf_tsKozAxlZx_fhpstsbh4fbyvng00e5xoawqutexpslnd12aqdms3k9etaweodx6bdzidrrv.jpeg)
१३ किलो अफिमसहित दाङबाट तीनजना पक्राउ
![६० केजी सुन तस्करी प्रकरण ः दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार](https://snowberry.prixacdn.net/media/gallery_folder/8bf0af40-4ca7-11ee-9b58-cb80889117a8.jpg_82J0mqy0lL_mu70dkaqfittwxyxjzsvjywu0iwuthscwkgp4jadx3ksoussqifnrpxvfity_KSAI4WXWMx_bbmxia3jhrb5nz7b1wgsxatsazsngigs1vg6xru6jq53lm8wsikror2gsptr.webp)
प्रतिक्रिया