ओखलढुंगामा पहिरो परि एक जनाको मृत्यु

ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर दुई जना घाइते भएका छन्। 

चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।गएराति करिब २ बजे पहिरोले घर बगाउँदा घरमूली (मृतक महिलाका पति) बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका छन्।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेका प्रहरीले जनाएको छ।