नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

 नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आइतबार टी–२० विश्वकपमा श्रीलंकाविरुद्धको खेल नै राष्ट्रिय टोलीका लागि उनको अन्तिम खेल हुने भएको हो ।

दक्षिण अफ्रिकामा जन्मिएका ३५ वर्षीय खेलाडीले सन् २०२३ मा नेदरल्यान्ड्सका लागि डेब्यू गरेका थिए । उनले टोलीका लागि १२ एक दिवसीय र १२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले एकदिवसीयमा ३५ को औसतले ३८५ रन तथा ३१.११ को औसतले टी–२० अन्तर्राष्ट्रिय रन बनाएका छन् । यो विश्वकपमा उनले नेदरल्यान्ड्सका लागि सर्वाधिक रन पनि बनाए । ४ खेलमा उनले २४.५ औ औसतले ९८ रन जोडे । 

श्रीलंकाविरुद्धको खेलमा उनले बाउन्ड्रीमा गरेको बचाउ यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । इन्स्टाग्राम रिलमा उक्त भिडियोले लाखौँ भ्यूज पाएको छ ।

उनी फिल्डिङका लागि चर्चित थिए । सन् २००८ मा दक्षिण अफ्रिकाबाट खेल्दा नै उनको फिल्डिङको चर्चा हुने गरेको थियो । यू–१९ विश्वकपमा उनले पपुवा न्युगिनीविरुद्ध लिएको क्याचको अझै चर्चा हुने गर्छ ।