प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिंहदरबार पुगेका हुन् ।

आइतबार मात्रै सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट सार्वजनिक गरेका छन्। तर, प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्ता गठबन्धनकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । यता केन्द्र सरकारले ल्याएको बजेटमाथि पनि सत्ता गठबन्धनका दलहरुले असन्तुष्टि जनाइरहेका छन् ।

बजेटको विषयमा असन्तुष्टि बढ्न थालेपछि अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन्। उनीहरुबीच बजेटको असन्तुष्टिबारे छलफल भएको जनाइएको छ ।