नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
![](https://snowberry.prixacdn.net/media/gallery_folder/swornim-wagle_eMnwOaTA0w_yzq2hpdcry89bmqgfieubjpiaazspgw2p2nyfynjhhdbdwrbnemtg8nm7nb9_NgbTbP1peO_jyrhcwvumkaznjxsyp8q3slscrbscbvp7hna8mhlzgdzny6gykjcblumjnle.jpg)
काठमाडौँ, २ असार : प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिनुभएको छ ।
विनियोजन विधेयक, २०८१ सम्बन्धी प्रतिनिधिसभाको आजको बैठकमा भएको छलफलमा उहाँले विश्वसनीयता र क्षमताको सुधार, चालु खर्चलाई नियमन साथै अर्थतन्त्रको आकार बढाउने विषयमा ध्यान दिन सुझाव दिनुभयो ।
सांसद वाग्लेले लामो समयपछि अर्थतन्त्रको आकार प्रक्षेपित ३० प्रतिशतभन्दा कममा आएकाले यसलाई सुरक्षित अवतरणको चरणका रुपमा रहेको टिप्पणी गर्नुभयो । उहाँले सिङ्गो सदन ‘न्युनमोरेटर’मा फोकस गरिरहेकाले ‘डिमोरेटर’मा ध्यानदिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “१७/१८ खर्बको बजेट हैन कि ५७/६० खर्बको अर्थतन्त्रको आकार बढाउनेमा गयौँ भने यो बजेट विनियोजन विधयेकमा गइरहेको अधिक ध्यान गौण हुने मेरो बुझाइ छ ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलमा सांसद वाग्लेले परम्परागत ऊर्जाको स्रोतबाट आधुनिक ऊर्जाको स्रोततर्फ जानुपर्ने बताउनुभयो । त्यसका लागि विद्युत् उत्पादन, प्रसारण र खपततर्फ बजेट विनियोजनले महत्व दिनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले मनसुन र अन्य समयमा ऊर्जा उत्पादनबीच सन्तुलन नहुँदा ऊर्जा असुरक्षा बढेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । सांसद वाग्लले बजेटको लक्ष्य र जानुपर्ने दिशा ठीक भएको बताउनुभयो । यसको कार्यान्वयका लागि पूँजीको खाडल पूर्तिलाई सहजीकरण आवश्यक भएकाले निजी क्षेत्रको सहभागितामा उहाँले जोड दिनुभयो ।
![काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँः प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-pm111_bN9UbIrDUv_k3nkgirv9oimq8ewhw4yi36tppbcxtwoawnqt2rh7hsmbiwmhlooe8yf2eas_Bh430erRe3_fodsbckm6s49leg6vulqusqdgtnuayn4yuwo86tddyuzmbu3dymf7mmhc0vu.png)
काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँः प्रधानमन्त्री
![मित्र राष्ट्रहरूसँगबाहेक अन्य देशको सेनामा नेपाली नागरिकलाई भर्ना गर्न नीति नभएको स्पष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda_69rOA6xz31_9ectj6hyy58g0dio4uxiznduqikrqfzqdzxt7ntdnkrtzwysbnzxna0s5pnc_2nJscZa14E_o3blhnrazgyavwf8ct29jhixylui9mtbvvimxzkv9tvsmvdceyvf4lncimll.webp)
मित्र राष्ट्रहरूसँगबाहेक अन्य देशको सेनामा नेपाली नागरिकलाई भर्ना गर्न नीति नभ…
![क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/2023-11-15T143739Z_1714437592_RC2OD4A34MR2_RTRMADP_3_ROMANIA-PATRIOTS-1718887854%2520(1)_20240625112314_original_image_1_jjAX0qwisO_srqdssu8s2vvp5ibajjs8s0u0ctmdkdzddl8gg0mwjvqjvw0enbym8mqe38x_Xyif3WVifk_70qmzkcfmz4eximzwnetmurgn8r8ibnixjqnsc2bq0ncojkrvkgqbiqup5md.webp)
क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी
![‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई](https://snowberry.prixacdn.net/media/gallery_folder/received_3492032137702058_QAIVHGDSZC_xrrb4bjhukelngsqmymrs75fl3swx8vfmjw2ufxoz5rzl0pjqgano58xqwwa_RmTQir8ERv_c0i3twwl0agkrpz8bjxmla6owfrfvz7en6xcphqjakixki27yqidmnf7d15l.jpeg)
‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई
![बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/salt-trading_BjqM4BFBGf_paom6imioiwqkzwjcaod2fxdv3p0iszyrd8glxskvwjmky29ldfei9enfnvd_8pLnwGwBjE_rixzkhnxqvtrrclpu06komkxtsbmkfp3e1yybisrmkgwael6hmtz6watwxsc.jpg)
बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ
![महाधिवेशनबाट कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/ncp-nekapa_UGRS3ojTRy_ffglocnvpeedfoqyljrelhtzvssw2pafgfsus2cril8izvl4ium3wpg5muuz_zxBzUQjgAI_wsemxwkyx87ododwiadiocpfvypph8n23dc7gof8hhoiapjaoua7ecscu0fw.jpg)
महाधिवेशनबाट कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय हुने
![जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/janggali%2520-chyau_mnPq90BQ3F_0udjun0udsnmzwayvgjwgaqaecighib1qbe1lc4yzb0yxf3kjwdt8zsaonji_ikUFomTXQX_bwxtbsei4rgcwdjmhfcvzyfujgz46f8cdi7pfk5wdyvo1two9xvovqwmlt1d.jpg)
जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु
![चट्याङ लागेर दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_wQAnAHycep_v08vlt2mcs9wwy6r9xel3zndfiixgux2ccfbuolngqa5drxghermzjipvogp_75fJkX4LPF_coso2ztc98dsljxhzlkverfxutngchaslhvycexrsld0khioofikwl9xukbd.jpeg)
प्रतिक्रिया