लागु औषध ट्रामाडोलसहित ४ जना कोटेश्वरबाट पक्राउ

काठमाडौँ महानगरपालिका–३१ कोटेश्वरस्थित सहयोगीनगरबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम रुकुम घर भएका २६ वर्षीय दीपेन्द्र ओली, भक्तपुर घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ घर भएका ध्रुव कटवाल छन् ।

उनीहरूको साथबाट ३८ हजार ट्याब्लेट लागु औषध ट्रामाडोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले लाई बताए ।

शनिबार साँझ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ट्रामाडोल बरामद गरेर अनुसन्धान गरिरहेको छ । ट्रामाडोल चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न पाइँदैन ।