नेपाल आयल निगमले घटायाे पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा १ रुपैयाँ घटाएको छ।निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६५ रुपैयाँ र डिजेलको मूल्य लिटरको १ सय ५२ रुपैयाँ कायम गरेको छ।

घटेको मूल्य आइतबारबाट लागु हुने निगमले जनाएको छ।