बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

कंचनरूप नगरपालिका-१ बरमझियास्थित सडकमा काकरभिट्टाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४१४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बैरवा बस्ने २७ वर्षीय उमेश मुखियाको शनिबार दिउँसो मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।