नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, १ असार :नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा अल्का अस्पताल प्रालि जावलाखेलललितपुरको प्राविधिक सहयोगमा प्रहरी वृत्त कालिमाटीमा नि:शुल्क स्वास्थ्य शिविर
शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले निस्वार्थ रूपमा सेवा दिन र स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विशेषज्ञ चिकित्सक तथा प्राविधिकलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  सो अवसरमा संघकी अध्यक्ष कुँवरले स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य सम्बन्धि समस्या पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरी प्रहरी कर्मचारीको व्यक्तिगत स्वास्थ्य उपचारमा थप टेवा पुग्ने विश्‍वास व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरे र काठमाडौं महानगरपालिका-१४ का वडा अध्यक्ष सुमन श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शिविरमा अल्का अस्पताल प्रालिका विशेषज्ञ चिकित्सक तथा प्राविधिककर्म चारीहरूबाट कुल ३ सय जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।