घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

 काठमाडौँ, १ असार : काठमाडौं डल्लुस्थित गितामाता माध्यामिक विद्यालयमा घरेलु हिंसा तथा विद्युतीयअपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना एवम् प्रहरी वृत्त स्वयम्भू, काठमाडौंमहानगरपालिका-१५ वडा कार्यालय, सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा
केन्द्र स्वयम्भूको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रविधि रईन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन समयमै सचेत हुनुपर्ने बताउनुभयो
। कार्यक्रमबाट सकारात्मक प्रभाव पर्नुको साथै विभिन्न किसिमका हिंसा न्यूनिकरण गर्न टेवापुग्ने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।  

कार्यक्रममा काठमाडौं महानगरपालिका-१५ का वडा अध्यक्ष इश्‍वरमान डंगोलले सचेतनामूलक कार्यक्रम ज्यादै प्रभावकारी र महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाईआगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूका अध्यक्ष राजु खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अधिवक्ता राधिका खतिवडाले साइवर अपराध सम्बन्धि कानूनी
प्रावधानहरू बारेमा जानकारी दिनुभएको थियो ।    

कार्यक्रममा घरेलु हिंसा न्यूनिकरणसम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘तराजु’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी र समुदाय
प्रहरी साझेदारी सम्बन्धी सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ
संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।