उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1606293099_sugarcane-1200x560_6RymkYddiS_ovivt8ihaz7f8lborkcp4lpcslabf8q5ffull4pvex1n6yeoc4kcxtiz9dfq_bNFqr2lzct_hmdmju9nq7ddljikeumulksox48ob17wv8pavfddwzidloh7rk1vr6wmgnn7.jpg)
काठमाडौँ, १ असार : महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।
एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।”
समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताउनुभयो ।
उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कूल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिनुभयो ।
![शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ: मन्त्री श्रेष्ठ](https://snowberry.prixacdn.net/media/gallery_folder/nnnnnnnnnnnnnnnnn_xKhLKRRaiw_qb7sdniyxouylgrv2a2p3b8um7x3zh3oc2hdtqtnseiri5cabnppbi4j15ca_0vFiWNL42n_tmuku5a8vdrf97cqlgvzrggahitempzxkitc2gsl4m0shzyu7vcgzrdvp6ku.jpg)
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँ: मन्त्री श्रेष्ठ
![किशोरीहरुलाई विद्यालयमै आत्मरक्षा तालिम](https://snowberry.prixacdn.net/media/gallery_folder/jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj_nDK67uQLrF_8ejv7vsqq9euwmerdakn1dur47agyli5lba44cj93ofzl7sxsz9j9s4e62hj_24m7w0Fln2_wadlaokxera2oqywsomiuwrigs39nh3ey9ghawwrrutinblj452vpquj74ni.jpg)
किशोरीहरुलाई विद्यालयमै आत्मरक्षा तालिम
![भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग सांसद खान माग](https://snowberry.prixacdn.net/media/gallery_folder/20230618075105_1dg785g2zS_r0i0chdvqpmuiazpoyvilkevuymr7vl6wuvaywqqwwhuw940hywuthmj7bjz_TGPiNoWlCj_siu3wbaii33egrdrylaiskorcgfjgqd7v5kp9dvltgzm9xjyumqffngsdvd2.jpg)
भौतिक पूर्वाधा तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग सांसद खान…
![‘महानायक’ राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/RATHICOL%2520PRESS%2520MEET%2520SIGING%2520PHOTO%25201_OdcFo62KOJ_nsjc5soornejqvkxwydybx1trv5ruwezlhan5esxvapp1y3xuygsonqemjqy_rXLckYckqY_koevjtwhd14ukujhhvsg3qwinvveog1hsbaaxykx5mezgazrkye0ybb4fggs.jpg)
‘महानायक’ राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त
![अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला](https://snowberry.prixacdn.net/media/gallery_folder/ooooooooooooooooooooooooooooooo_Sq6sCMqhEv_gcrhmqigrq2fj0dmtbh4m8ihenggwbvrsaoslfqugof4hao0rrhwnrwuydpb_ogREVvepDa_zlizlp4rowymrg8dvwuk4psxd3a6ru4ffew7ho8a9gskp7q2rv72ecc5nv9g.jpg)
अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला
![अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-pakrau_9ohZUD68J6_czjt9vh9qiqalhsozmwlv3zcwlik9kekyhrpqaaknc3omxfrtkdtfr0ktm1h_9Z44aSooNk_ckhudqxhtndwrdnfclgk2glbllcpsqatq8tmtlo8xocmbkmbahoabhzvnmzc.jpg)
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
![२ सय ७० किलोग्राम गाँजासहित एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-pakrau_2woVHbOjnB_9u5cpuyekjhuacsauwrsbb63o8x5ybewsrgwq4w4ajgrovzbmzqxeoldtaq6_pw3xfVx6M6_jipoplrjwsjodrvyif7mnjb8sitnagjpvzxzddusscwh50pebm914q70tt4h.jpg)
२ सय ७० किलोग्राम गाँजासहित एक जना पक्राउ
![रौतहटमा श्रीमतीको हत्या आरोपमा एक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_ZHPLtHkzDt_txo3wkaous3oj1ftzuhhgaekptpbha5cd1q9fqi5fmpzcuyslxtqpxhbyeub_Q7ZqcvSF17_4pvnphdegcfoflojtw8swukjhzkohpnpwtpexuogsmfcaovyzjcnfsxebp1g.jpeg)
प्रतिक्रिया