करेन्ट लागेर बालकको मृत्यु

धनगढीमा करेन्ट लागेर बालकको मृत्यु भएको छ। 

शनिबार धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए। 

त्यसपछि उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी बोहराले बताए।