दाङमा पानी ट्याङ्कीमा डुबेर एक वृद्धाको मृत्यु

दाङमा पानी ट्याङ्कीमा डुबेर एक वृद्धाको ज्यान गएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी ७० वर्षीया शान्त कुमारी देवकोटाको आफ्नै घर नजिकै रहेको पानी ट्याङ्कीमा डुबेर ज्यान गएको हो ।

स्थानीयले देवकोटालाई ट्याङ्कीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको थियो । शवको पोस्टमार्टमपछि आफन्तले शव बुझेका छन् ।