वनमा रुख काट्दा हाँगाले लागेर १ को मृत्यु

 इलाममा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ साढे ६ बजे निजी वनमा रुख काट्दै गर्दा अचानक हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका थिए । घटनाबारे जानकारी पाउनसाथ प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्‍याएको थियो ।तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।