क्रिकेट खेलले संसारभर छरिएरका नेपालीलाई एक बनाएको छ : एमाले अध्यक्ष ओली

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रिकेट खेलले संसारभर छरिएर रहेका नेपालीलाई एक बनाएको बताउनु भएको छ ।

नेपाली क्रिकेटको खुलेर प्रशंसा गर्नु भएको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, " आज एक रन मात्र पुगेन हामीलाई तर पनि यो खेलले संसारभरि छरिएका हामी नेपालीलाई एक बनाएको छ।" अध्यक्ष ओलीले आजको खेलले मन मात्र जितेको छैन, हामी सबै नेपालीको मन पनि जोडिदिएको उल्लेख गर्नु भएको छ।

क्यानबाट साभार गरेको नेपाली क्रिकेटप्रेमीको तस्वीर समेत पोष्ट गर्नु भएको अध्यक्ष ओलीले लेख्नु भएको छ, "सलाम छ, नेपाली क्रिकेटलाई !"