कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ- हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।
स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको हो। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँमा पनि तापक्रममा वृद्धि, भैरहवामा पुग्यो ४१ डिग्री
वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना,
देशका यी स्थानमा हुनेछ वर्षा
देशका यी स्थानमा हुनेछ वर्षा
सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने
देशका यी स्थानमा हुने छ वर्षा, केही ठाउँमा चट्याङको पनि सम्भावना
प्रतिक्रिया