कर्णालीमा थप १२ नयाँ सङ्क्रमित, १३ डिस्चार्ज
पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
विश्व्यापीमहामारी रुपमा कोरोना भाइरसको संक्रमणको संख्या ब्यापकरुपमा बढदै गको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ ।
नयाँ पहिचान भएकामा दैलेखका पाँच, जाजरकोट, सल्यानका दुईरदुई, मुगु, सुर्खेत र रुकुम पश्चिमका एक जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो चौबिस घण्टामा १३ जना सङ्क्रमित कोरोना निको भई घर फर्किएको बताउनुभयो ।
प्रदेश अस्पताल सुर्खेतबाट एक, नारायण आइसोलेसन सेन्टरबाट एक, महाबु आइसोलेसन सेन्टरबाट दुई, बनगाड कुपिन्डे आइसोलेसन सेन्टरबाट नौ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ४८८ पुगेको छ ।
हाल कर्णालीमा २३२ जनामात्र कोरोनाका सक्रिय बिरामी छन् । उनीहरुको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट‘केपी.१’ र ‘केपी.२’ कति घातक ?
काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
प्रतिक्रिया