अघिल्लो अधिवेशनमा कांग्रेस रन्थनिएको आजको बैठकमा उसको एक्सन हेर्नुपर्ने छ:अध्यक्ष ओली

काठमाडाैँ। सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रन्थनिएको भन्दै आजको बैठकमा उसको एक्सन हेर्नुपर्ने बताएका छन्। 

बैठकअघि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। 

‘आज नेपाली कांग्रेसले के गर्छ हेर्नुपर्नेछ। अघिल्लोे अधिवेशनमा कांग्रेस अत्यन्तै रन्थनियो, के गर्ने के नगर्ने भनेर। प्रधानमन्त्री भइदियौ भनेर यहाँ पनि कुदेको छ, उहाँ पनि कुदेको छ,’ ओलीले भने। 

उनले कांग्रेस गृहमन्त्री रवि लामिछानेको मुद्दाको बहस गरिरहेको कटाक्ष गरे। ‘नेपाली कांग्रेस मुद्दाको बहस गर्न रिसर्च गरिरहेको छ। महान्यायाधिवक्ताको कार्यालयले भन्दैछ, उहाँहरू विभिन्न पृष्ठमा नाम उल्लेख भएको हेर्दै हुनुहुन्छ,’ उनले भने। 

उनले एकातिर प्रधानमन्त्री बन्न रविलाई नै कांग्रेसले प्रस्ताव गरेको र अस्वीकार भएपछि फाइल बोकेर हिँडेको बताए।