नेपाल तरुण दलका जिल्ला सदस्य सुचन राईको मृत्यु

नेपाल तरुण दलका जिल्ला सदस्य सुचन राईको क्लाइम्बिङबाट खसेर मृत्यु भएको छ।दिप्रुङ चुइचुम्मा ७ घर भई हाल रुपाकोट मझुवागढी नगरपालिका १ बस्ने ३२ वर्षीय सुचन राईको बिहीबार बेलुका मृत्यु भएको हो।

बिहीबार साँझ  दुई युवासहित रक क्लाइम्बिङकालागि नगरपालिकाको मझुवाभिरमा रहेको एक रक क्लाइम्बिङमा पुगेका थिए।भीरको माथि पुगेपछि उनी खस्दा गम्भीर घाइते भएकाे  खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले बताएका छन्।

उनका अनुसार सुचनलाई जिल्ला अस्पताल दिक्तेल लगिएको थियो। उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे डीएसपी खड्काले बताए।'यसअघि पनि उनले त्यहाँ धेरे पटक  क्लाइम्बिङ गरिसकेका थिए।तर बिहीबार कसरी दुर्घटना भयो भन्ने हामी अनुसन्धान गर्नेछाै । 'डीएसपी खड्का बताउछन् 'हामी भोलि बोलाएर यस विषयमा अनुसन्धान गर्छौं'