नेपाल र भारतको सीमानाका ८ दिन बन्द हुने

 काठमाडौँ, २३ वैशाख :  भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण नेपाल र भारतको सीमानाका ८ दिन बन्द हुने भएको छ।
 
भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनको मतदान अवधिमा नेपाल–भारत सीमानाका ८ दिन बन्द गरिने स्थानीय प्रशासनले जनाएको छ। विहारको मधुवनी जिल्लामा २५ वैशाख  ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने  छ।

दोस्रो चरणको निर्वाचनमा ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म सीमानाका बन्द हुने छ