आज विश्व हाँसो दिवस,हासेँर मनाउँ

आज विश्व हाँसो दिवस ।सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको या दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ ।

उहाँको पहलमा हाँसोमा आधारित योगामार्फत हाँसो दिवसका रुपमा मनाउन सुरु गर्नुभएको हो । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको भनाई छ ।

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग र्पुयाउने योग विज्ञको भनाइ छ ।

हामी सबैलाई हाँसोको फाइदा र सकारात्मक पाटोका बारेमा ज्ञान छ । हामी सबैले आफ्नो अनुहारमा हाँसो चाहान्छौं तर पाइरहेका हुदैनौ, त्यसका पछाडी धेरै कारणहरु छन् । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने गर्दछ ।