सुर्खेत मालपोत कार्यालयमा आगलागी

सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ ।  वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम) मा आगलागी भएको हो ।

आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टीलको २५ कुर्सी, दुई वटा स्टीलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।  एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
     
आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।