वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

गठबन्धनमा माधव नेपालले निहुँ खोजेपछि सुदूरपश्चिम सरकार गुमाउने अवस्थामा एकीकृत समाजवादी

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीसँग केन्द्रमा १० सांसद मात्र छन्। राष्ट्रिय दल पनि होइन। तर, अध्यक्ष माधवकुमार नेपाल भने कांग्रेसले प्रधानमन्त्री बनाउने भयो भनेर खुट्टा उचालेर बसेका छन्। उनलाई साथ दिइरहेका छन् उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरुले। तर, नेपाल प्रधानमत्री हुने त छाँट छैन । बरु प्रदेश सरकार गुमाउने स्थितिमा पुगेका छन्।

जहिले पनि जता पनि निहुँ खोज्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नेपाललाई अर्काे बाबुराम भट्टराई बनाउने तयारी गरेका छन्। अर्काे बाबुराम किन भने नि माओवादीमा छँदा बाबुराम पनि यसरी नै निहुँ खोजिरहन्थे। जब माओवादी छाडे अनि उनको ओरालो यात्रा सुरु भयो। नयाँ नयाँ दल बनाउँदै हिँडेका बाबुराम अहिले नेपालका कुनै पनि निर्वाचन क्षेत्रबाट पार्टीको बलमा जित्न नसक्ने स्थितिमा पुगेका छन्।

https://barnanmedia.com/news/detail/174459/

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउनुहुँदै

जापानका विदेशमन्त्री कामिकावा योको यही वैशाख २३ गते नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

    भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ । जापानी विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न निर्देशन दिनुभएको छ । उहाँले आयोगको हेटौँडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा राखिएका विभिन्न प्रकारका सल्लाहकार कर्मचारी हटाउन आग्रह गर्नुभएको हो । 

    सचिव दङ्गालले स्थानीयस्तरमा उपभोक्ता समितिबाट भएका वा हुनसक्ने अनियमित क्रियाकलाप रोक्नसमेत स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “अनावश्यक पद सिर्जना गरी कर्मचारी राख्नु पनि अख्तियार दुरुपयोग नै हो, यसैले अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा विभिन्न प्रकारका सल्लाहकार कर्मचारी राखिएका भए पनि हटाउनुस् ।” उहाँले अख्तियारमा उजुरी पर्दैमा नआत्तिन आग्रह गर्दै नीति र नियमभित्र रहेर गरिरहेका काम नरोक्न आग्रह गर्नुभएको छ । 

भोलीदेखि सर्वाेच्चमा एउटा इजलास खाली हुने

न्यायाधीश सुष्मालता माथेमा भोली अनिवार्य अवकाशमा जाने भएकोले सर्वाेच्च अदालतमा भोलीदेखि एउटा इजलास खाली हुने भएको छ । 

६५ बर्ष पूरा गरी अनिवार्य अवकाश लिनुपर्ने अवस्था भएपछि माथेमा एक महिनादेखि बिदामा बस्दै आएकी छिन् ।  हाल उनी आफूले गरेका फैसलाहरु तयार गर्ने क्रममा रहेकी छिन् । अवकाश भएको दुइतीन बर्षसम्म पनि न्यायाधीशहरु आफूले गरेका पुराना फैसलाहरु तयार गर्नमा व्यस्त हुने गरेका छन् । 

https://barnanmedia.com/news/detail/174466/

डिभीको नतिजा आज आउँदै,राति ९ बजे हेर्न सकिन्छ डिभीकाे नतिजा

अमेरिका जान सन् २०२५ का लागि आवेदन दिइएको  अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा(डिभी) तिजा आज प्रकाशित हुँदैछ। नेपाली समय अनुसार वैशाख २२ गते (आज) रातिको ९ बजे बाट आफ्नो कन्फरमेसन नम्बर डिभिको नतिजा हेर्ने वेबसाईटमा प्रविष्ट गरी नतिजा हेर्न सक्न सकिनेछ । 

 नेपालस्थित अमेरिकी दूतावासका अनुसार नतिजा थाहा पाउने यो नै एक मात्र तरिका हो ।यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍याे कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ।दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोराको इमेल पठाउँदैनन्।

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

 चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना संकलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो । सन २०३० सम्ममा चालक दल चन्द्र मिसनमा पठाउने लक्ष्य राखेको महत्त्वाकांक्षी कार्यक्रमका साथ अगाडि बढाइरहेको छ ।

घटनास्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार चाङ’ई–६ चन्द्र जाँच बोकेको रकेट दक्षिणी चीनको हेनान प्रान्तमा वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट साँझ ५ः३० बजे प्रक्षेपण भएको थियो । यो चीनको महत्त्वाकांक्षी अन्तरिक्ष कार्यक्रमका लागि पछिल्लो छलाङ हो । यसका बारेमा यसको प्रयोग सैन्य उद्देश्य र बाह्य प्रभुत्व स्थापित गर्ने प्रयासमा भइरहेको वासिङ्टनले चेतावनी दिएको छ ।

भारतीय प्रधानन्यायाधीश किन आए नेपाल ?

भारतीय प्रधानन्यायाधीश डा धनञ्जय यशवन्त (डीवाई) चन्द्रचूड अहिले काठमाडौँमा छन् । उनी नेपालको औपचारिक भ्रमण गर्ने पहिलो भारतीय प्रधानन्यायाधीश पनि हुन् । राजनीतिक तहमा धेरै भ्रमण भइरहँदा न्यायिक नेतृत्वका तर्फबाट भने भारतको सर्वोच्च अदालत स्थापनाको ७५ वर्षपछि मात्र सम्भव भएको हो । त्यसैले उनको भ्रमणलाई नेपालको सर्वोच्च अदालतले उच्च महत्त्व दिएको छ।

चन्द्रचूड शुक्रबार साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाललगायतले स्वागत गरे । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहित दूतावासको टोली पनि स्वागतमा पुगेका थिए ।

https://barnanmedia.com/news/detail/174473/

भोलिदेखि काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न स्थानमा भोलिबाट  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो। 

यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।

https://barnanmedia.com/news/detail/174477/

अस्पतालमा भर्ना भइन् हास्य कलाकार भारती सिंह

उनको पित्तथैलीमा पत्थरी देखिएको थियो जसका कारण अपरेशनको आवश्यकता परेको हो । उनी विगत तीन दिनदेखि पेट दुखेको गुनासो गर्दै आएकी थिइन् ।

भारतीले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले आफ्नो रोगबारे कुरा गरिरहेकी छिन् । यस अवधिमा उनले आफ्नो दुई वर्षको छोरालाई पनि धेरै मिस गरिरहेको बताएकी छिन् ।

मधेस प्रदेशमा आगलागीबाट रु ४६ करोडको क्षति

मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ ।  

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि व्यावहारिकरुपमा प्रयोगमा ल्याइने बताउनुभएको छ ।

मन्त्री बज्राचार्यले रासससँग आज सङ्क्षिप्त कुरा गर्दै वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्नुहुने जानकारी दिनुभयो ।

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

 नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।   

क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीहरुलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, बर्दिवास नगरपालिका, गजुरी गाउँपालिका, इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँग सहकार्य गरिने छ ।

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने जनाइएको हो ।

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

 एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । 

एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाउनुभएको हो । 

तोकिएभन्दा बढी भाडा लिने ट्याक्सी चालकहरू पक्राउ

रुपन्देहीमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीहरूलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भैरहवाका विभिन्न स्थानहरूबाट ट्याक्सीहरूलाई चालकसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५ र लु १ ज ३२६३ नम्बरका ट्याक्सी प्रहरी नियन्त्रणमा छन् । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको डीएसपी भट्टले जानकारी दिए ।