पाल र वेस्ट इन्डिज ‘ए’बीच आज अन्तिम खेल हुदै

टि–२० विश्वकपअघि नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँचौं तथा अन्तिम आज हुँदैछ । घरेलु मैदान टीयुमा आज चल्ने अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ। 

 सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ। आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो।

नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो । नेपाली टोली यस खेलपछि आज राती नै वेष्टइण्डिज जाने कार्यक्रम छ। तयसपछि त्यहाँ केही अभ्यास गरेर नेपाल अमेरिका खेल्न जानेछ।

टि–२० विश्व खेल  २ जुनदेखि सुरु हुनेछ ।  टि–२० विश्व कपमा नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डीमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् ।