डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुईले घटाएको हो ।
 
निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ ।
 
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।
 
मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय ३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले राससलाई जानकारी दिनुभयो ।

कैलाश सिरोहियालाई पक्राउ गर्नु बदनियतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्नका लागि मात्र  गरिएकाे ;  गगनकुमार थापा

कैलाश सिरोहियालाई पक्राउ गर्नु बदनियतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्नका लागि मा…

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेललाई दुई वर्ष कैद

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेललाई …

दिल्ली उच्च अदालतले मनीष सिसोदियाको जमानत याचिका किन अस्वीकार गर्‍यो?

दिल्ली उच्च अदालतले मनीष सिसोदियाको जमानत याचिका किन अस्वीकार गर्‍यो?

Uber ले दिल्लीमा नयाँ सेवा सुरु गर्‍यो, जान्नुहोस् यसले कसरी काम गर्छ?

Uber ले दिल्लीमा नयाँ सेवा सुरु गर्‍यो, जान्नुहोस् यसले कसरी काम गर्छ?

२०२८ सम्ममा भारतकाेको डिजिटल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने

२०२८ सम्ममा भारतकाेको डिजिटल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आ…

सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गर्याे ;  डा. बाबुराम भट्टराई

सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गर्याे ; डा. बाबुराम भट्टराई

सहकारी तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार ९ जनालाई पक्राउ

सहकारी तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार ९ जनालाई पक्राउ