वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

उपनिर्वाचनको नतिजाले समाप्त गर्‍यो माधव नेपालको चुरिफुरी, इलाम र बझाङ दुबै ठाउँमा जमानत जफत

कांग्रेस र माओवादीको बुईँ चढेर ०७९ मा बल्लतल्ल १० सिट ल्याएको एकीकृत समाजवादी डेढ वर्षदेखि सरकारमै छ। दुईपटक गठबन्धन फेरिँदा एकीकृत समाजवादीका सांसदहरु आलोपालो गरेर मन्त्री बनिरहेका छन्। राष्ट्रिय दलसमेत बनाउन नसकेका माधवकुमार नेपालको चुरिफुरि बढेकोबढ्यै थियो। कांग्रेसले प्रधानमन्त्री बनाउने भयो भनेर उनी बुरुक्बुरुक्क उफ्रिरहेका छन्। राष्ट्रिय दल बन्न नसकेको दलले प्रधानमन्त्रीको दाबी मात्र होइन, चार सिट रहेको सुदूपश्चिममा मुख्यमन्त्री नै पाएको छ। 

तै पनि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घुर्की लगाउँदै आएका थिए।

https://barnanmedia.com/news/detail/174142/

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

 उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  

    आज यहाँ लगानी सम्मेलनको अन्तिम दिन आयोजित अन्तरक्रियामा बोल्दै उहाँले गृहमन्त्रालयले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ विजयी

इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

उनलाई पछ्याइ रहेका पाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई  नेम्वाङले  ५ हजार ८३० मत अन्तरले  पराजित गरेका छन्।गत भदौ २६ गते अकस्मात सुवासको निधन भएपछि गत शनिबार (१५ वैशाख) यहाँ उपनिर्वाचन भएको हो।

ओलीको रणकौशलले कांग्रेसको भागमा चौतर्फी पराजय

चुनावमा हारजित त हुन्छ नै । तर प्रतिकूल अवस्थामा पनि चुनाव जित्ने रणनीति बनाउन सक्नु र उक्त रणनीतिको सफल कार्यान्वयन गर्न सक्नु ठूलो राजनीतिक कौशल हो । यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समकालीन राजनीतिका अरु खेलाडीहरुभन्दा आफूलाई अब्बल सावित गरेका छन् । 

उपनिर्वाचनको मुखैमा उनले कांग्रेस नेतृत्वको गठबन्धन आश्चर्यजनक रुपमा तोडिदिए । कतिसम्म भने त्यही गठबन्धनका केही साझेदाहरुले त सरकार ढलेको पनि थाहा पाएनन् । जस्तो कि माधव नेपाल । उनी त्यही कारण अहिलेसम्म बर्बराएर हिँडिरहेका छन् । कांग्रेसलाई हजार भोल्टको करेन्ट लागेजस्तो भएको छ । 

https://barnanmedia.com/news/detail/174148/

एलोन मस्क भारत भ्रमण स्थगित गरी चीन पुगेर फर्किए, उनको उद्देश्य के थियाे ?

 

प्रख्यात उद्योगपति एलोन मस्क चीनको भ्रमणमा छन्, मिडिया रिपोर्टका अनुसार यस भ्रमणको उद्देश्य चीनमा टेस्ला कारको अटो ड्राइभिङ मोड सक्षम पार्ने विषयमा छलफल गर्नु हो।

मस्क चीनमा फुल सेल्फ ड्राइभिङ (एफएसडी) सक्षम पार्न चाहन्छन् र आफ्नो एल्गोरिदमलाई तालिम दिन देशमा सङ्कलन गरिएका डाटा विदेशमा स्थानान्तरण गर्न चाहन्छन्। ताकि तपाईं एल्गोरिदम प्रशिक्षण संग तयार हुन सक्नुहुन्छ

एमालेले आज इलाममा विजय सभा गर्दै

उपनिर्वाचनमा विजयी भएको नेकपा एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ। 

इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ।इलाम बजारको सभा सकेपछि नव निर्वाचित संघीय सांसद सुहाङ नेम्बाङ इलाम २ का सबै पालिकामा मतदातालाई  धन्यवाद ज्ञापनका लागि पुग्नेछन्। 

चेल्सी छोड्दै सिल्भा,आफू कुनै दिन चेल्सीमा फेरि फर्किने दाबी

 ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन्। ३९ वर्षीय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन्। उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ। अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन्। उनी २०२० मा पीएसजीबाट फ्री— ट्रान्सफरमा चेल्सी आएका थिए।

चेल्सी छोड्ने घोषणा गर्दै सिल्भाले चेल्सी आफ्नो परिवार जस्तै रहेको र आफूले क्लबको सफलताका लागि सबथोक गरेको प्रतिक्रिया दिएका छन्। भावुक हुँदै सिल्भाले आफू कुनै दिन चेल्सीमा फर्किने दाबी पनि गरे। सिल्भाले २०२० देखि अहिलेसम्म चेल्सीका लागि १५१ खेल खेलेका थिए भने ९ गोल पनि गरेका थिए। यस अवधिमा चेल्सीका लागि उनले एक च्याम्पियन्स लिग, एक यूईएफए सुपर कप, एक फिफा क्लब विश्वकप जितेका थिए।

उपनिर्वाचन: इलाम २ मा पार्टीबाट चुनावी कमान्डर भएका झलनाथको लज्जास्पद नतिजा

 इलाम २ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् ।

इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्लासमेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफतमात्र भएन लज्जास्पद नतिजासमेत आएको छ ।

पतञ्जलीका कुन कुन १४ उत्पादनको लाइसेन्स खारेज भयो?

उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको  जानकारी दिएको हो ।  रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ ।

लाइसेन्स रद्द भएका उत्पादनहरुमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रित, मधुनाशिनी वती एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जली डा. आँखा ड्रपहरू समावेश छन् ।

अग्निपीडित परिवारलाई नगद हस्तान्तरण

भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो । 

गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले  पीडितलाई प्रतिपरिवार रु २८ हजार तीन सय ७१ का दरले राहत हस्तान्तरण गर्नुभएको हो । हङ्कङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम सङ्कलन गरिएको हो । गर्न आवश्यक छ ।”

एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु

नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छभने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएको हो । सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।

पार्टीले मातहतका सबै निकाय, क्षेत्र तथा तहबाट महाधिवेशन प्रतिनिधि छनोट गरी निर्धारित शुल्कसहित प्रतिनिधि छनोटको नामावली समयमा केन्द्रमा बुझाउनुपर्ने छ । पार्टीअन्तर्गत रहेका सबै कमिटीले असार १ गते प्रतिनिधि छनोट गर्ने कार्यतालिका रहेको पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

सांसद डा. सुनिल शर्माको विशेष पहलमा नोवेलको निःशुल्क स्वास्थ्य शिविर :३५२८ जना विरामीको उपचार

विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।

संघिय सांसद डा. सुनिल कुमार शर्माको विशेष पहल तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजार स्थीत गान्धी अस्पतालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले मिति २०८१ बैशाख १३ गते बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो ।

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
 
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गर्नुभयो । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स–¥याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।

https://barnanmedia.com/news/detail/174196/

योद्धाको छोरा योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले इमान, वाचा र नैतिकताका बन्धनलाई महत्त्व दिने बताएका छन् । 

उपनिर्वाचन अन्तर्गत इलाम २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङको विजयी सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले जे बोल्ने त्यो गर्ने भन्दै इमान र नैतिकताको बन्धनलाई एमालेले तोड्न नसक्ने बताएका हुन् । 

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो
जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ । 
 
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव ०२ अङ्कले घटेर एक दशमलव २९ मा झरेको छ ।

‘आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने’

सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालनलगायतमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आज भएको पूर्व-बजेट छलफलसम्बन्धी प्रतिवेदन २०८१ मा सहभागी सांसदहरुले विदेश पलायन रोक्नुपर्ने, बजेट फछ्र्योटमा छलफल हुनुपर्ने, रैथाने बीउ तथा बिजनको संरक्षणलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।