वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

गण्डकीमा गठबन्धन मोहडा बने सभामुख र प्रदेश प्रमुख, फेरि अदालतको अवहेलना

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल र प्रदेश प्रमुख डिल्लीराज भट्ट गठबन्धनका मोहडा बनेका छन्। बहुमत नहुँदा पनि सभामखुलाई सांसद गणना गरेर एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाइएपछि सर्वाेच्च अदालतले कामचलाउ घोषणा गरिदिए पनि फेरि हर्कत देखाइएको छ। १० वैशाखमा सुनुवाइका लागि सर्वाेच्च अदालतमा पेसी रहेका बेला मुख्यमन्त्री अधिकारीले शक्तिको दुरुपयोग गरे। 

माओवादीबाट सभामुख बनेका धिताल र एमालेबाट प्रदेश प्रमुख बनेका भट्टले गठबन्धनले जे भन्यो त्यही माने, उनीहरुले नियम कानुन हेरेनन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने उद्देश्यसहित विशेष अधिवेशन बोलाउन सिफारिस गर्दा प्रदेश प्रमुखले तुरुन्तै निर्णय गरिदिए। अनि सभामुखले पनि हतारहतार बैठक बसालिहाले। 

https://barnanmedia.com/news/detail/173289/

औकात बिर्सेर प्रधानमन्त्रीको ललीपपमा भुल्दा बाबुरामको हविगत हुँदै छ माधवको

कुनै बेला पुष्पकमल दाहालको नाम जनतालाई थाहा थिएन । प्रचण्ड पनि कुनै काल्पनिक नामजस्तै थियो । तर बाबुराम भट्टराईलाई सबैले चिन्थे । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी । इन्जिनियरजस्तो प्रतिष्ठित पेसा । श्रीमतीसमेत पढालेखा र राजनीतिक कुलखानदानकी । 

माओवादीमा छँदासम्म बाबुरामको एक हदसम्म इज्जत थियो । उनीसँग राम्रै संगठन पनि थियो । पहिलोपल्ट अर्थमन्त्री र त्यसपछि प्रधानमन्त्री बन्दा उनले केही छाप अवश्य छाडेका थिए । त्यसपछि पनि उनी अवश्य प्रधानमन्त्रीमा दोहोरिनेछन् भन्ने आमअमेक्षा थियो । तर उनले जब मूल धार छाडे, त्यसपछि भुईं न भाँडामा हुन पुगे । अहिले उनलाई साथ छाड्न बाँकी श्रीमती र छोरी मात्र रहेका छन् । बाँकी साराले साथ छाडिसके । 

https://barnanmedia.com/news/detail/173290/

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु

नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।

बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने छन् ।एमाले महासचिव शंकर पोखरेलका अनुसार बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

सर्वाेच्चमा खाली चार पद, डा भट्टराईको अवकाश कुर्दैं न्यायपरिषद्

 सर्वाेच्च अदालतमा चार न्यायाधीशको नियुक्ति गर्नुपर्ने अवस्था बनीसक्दा पनि न्यायपरिषद्ले खाली दरबन्दी परिपूर्तिको लागि कुनै सुरसार गरेको छैन । 

प्रधानन्यायाधीश सहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्ति गर्नुपर्ने अवस्थामा सर्वाेच्च अदालत पुगिसक्दा समेत  ती पदको पदपूर्तितर्फ कुनै सुरसार नगरी न्यायपरिषद् बरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको अवकाश कुर्दैरहेको शुत्रहरुको दावी छ । 

https://barnanmedia.com/news/detail/173300/

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ । 

नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न  पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिबी क्षेत्रीले जानकारी दिनुभयो । 

काठमाडौंका विभिन्न स्थानमा आज साढे २ घण्टादेखि ९ घण्टासम्म विद्युत अवरूद्ध हुने

 काठमाडौंका विभिन्न स्थानमा आज साढे २ घण्टादेखि ९ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने भएको हो।

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

 विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ । 

रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा पारे छताछुल्ल (पूरा हेर्नुहोस् रेशमको स्टाटस्)

 नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ ।

यो विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं आउन लागेको उनले बताएका छन् । नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जितालाई अरुले भड्काइरहेको उनको टिप्पणी छ । ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौँ। तिमी सोझी र अन्जान छ्यौ तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।

https://barnanmedia.com/news/detail/173304/

एक युवकले गरे चक्कु प्रहार गरी आफ्नो बुवाको हत्या

तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुवाको हत्या गरेको आरोप लागेको छ । 

म्याग्दे गाउँपालिका-६ घर भएर हाल शुक्लागण्डकी नगरपालिका-९ घारी स्थितमा छोरी रस्मी बिकको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर बिकलाई छोरा २६ वर्षीय दिपक बिकले हत्या गरेको आरोप लागेको हो ।

डियूटीमा खटिएका प्रहरी हवल्दारमाथि बन्चरो प्रहार

 दोलखाको शैलुङ गाउँपालिकाको बागखोरमा डियूटीमा खटिएका प्रहरी हवल्दारमाथि बन्चरो प्रहार भएको छ।

बागखोर बजारमा डियूटीमा  खटिएका प्रहरी हवल्दार दिपक चौधरीमाथि स्थानीय विजय नेपाली भनिने ज्ञानवहादुर दासले बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहार बाट गम्भीर घाइते भएका प्रहरी हवल्दार चौधरीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यलाय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले डियूटीमा रहेका चौधरीमाथि ज्ञानबाहदुरले बिनाकारण बन्चारेले प्रहार गरेको र उनको शरीरमा गहिरो चोट लागेको जानकारी दिनुभयो । रौतहटको चन्द्रनिगापुर स्थायी घर भएका ४० बर्षीय चौधरी बाघखोर प्रहरी चौकीमा कार्यरत थिए ।

प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस

नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी हवल्दारमा बढुवा भएकाको सूची प्रकाशित गरेको हो ।

प्रहरीमा प्राविधिक प्रहरी समुह, इन्जिनियरि उपसमुह, सञ्चार तर्फको ६५ जना प्रहरी हवल्दार र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएपश्चात रिक्त हुन आउने ७० प्रहरी हवल्दार गरी कुल रिक्त हुन आउने पद संख्याको पदपूर्ति गरिएको जनाइएको छ ।

https://barnanmedia.com/news/detail/173311/

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले रु एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो । चालु आवको नौ महिनाका लागि भन्सार विभागले रु एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियोे । कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व सङ्कलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व सङ्कलनलाई प्रभावित गरेकोे बताउनुभयो ।

गत आवकोे तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँले गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको बताउनुभयो ।

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । एक सय पाँच उद्योगतर्फ र एक सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी÷व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् ।

नेपालमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम सुरू

 नेपालमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अघि बढेको छ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोलामा १३ विगाह क्षेत्रमा पेट्रोलियम भण्डारण गृह निर्माण गर्न लागिएको हो ।

अहिले इजरायल र हमासबीचको जारी युद्ध त्यस क्षेत्रमा विस्तार हुन खोजिरहेको छ । इरानले केही दिनअघि इजरायलमा मिसाइल हमला गरेपछि खाडी क्षेत्रमा युद्ध विस्तार हुने आँकलन गरिएको छ ।

साताैँ स्वयम्भु रन सम्पन्न(फाटाेहरू सहित)

साताैँ स्वयम्भु रन २०८१ सम्पन्न भएकाे छ। स्वयम्भु एथ्लेटिक्स ट्रेनिङ सेन्टर क्लब तथा वैकुण्थ मानान्धर खेलकुद नेपालद्वारा आयाेजित दाैड प्रतियाेगिता शनिबार सु-सम्पन्न भएकाे स्वयम्भु एथ्लेटिक्स ट्रेनिङ सेन्टर क्लबका अध्यक्ष रमेश सुनार ज्यले वर्णन संवाददातालाई जानकारि दिनुभयाे।

प्रतियाेगितामा यु-१२ तथा ४०+ लाई २.८ कि.मि र खुल्ला (१२-४० उमेरका) लाई ५ कि.मि दाैड तय गरिएकाे थियाे। खुल्ला दाैड छात्रतर्फबाट मिङ्गमार सिङ तामाङ प्रथम हुनुभएकाे छ भने रेम बुढा मगर द्वितीय र हस्त सुनार तृतीय हुन सफल भए । त्यसैगरी खुल्ला दाैड छात्रातर्फबाट अनिसा अाचार्य प्रथम,मन्जु सनुवार द्वितीय र गाेमा बुढा मगर तृतीय हुन सफल भए । उनिहरूलाई मेडल तथा  ७७७०,५५५०,३३३० क्रमश धनराशि सहित सम्मानित गरियाे।

https://barnanmedia.com/news/detail/173348/