देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक,

काठमाडौं— नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। 

सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन्। 

बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्। 

सभापति देउवाको आह्वानमा आकस्मिक रुपमा बैठक बसेको एक नेताले जानकारी दिए। कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो। 

बुधबार साँझ मात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।