आईपीएल: गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग(आईपीएल)अन्तर्गत गए राति भएको खेलमा गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएकाे छ।

बुधबार दिल्लीको तेस्रो जित हो । यससँगै दिल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । गुजरात भने छैठाै स्थानबाट सातौं स्थानमा पुगेकाे छ।

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे ।

गुजरातका सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । रासिद खानले ३२ रन जोडे पनि अरुले राम्रो गर्न सकेनन् । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाएनन् ।

दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २/२,  खलिल अहमद र अक्षर पटेलले एक/एक विकेट लिए ।