वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको विभागसरह बनाउने गरी यसरी भयो चलखेल

सरकारले धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको एउटा विभागसरह बनाइदिएको छ। सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरेर ‘बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले नै अध्यक्षको हैसियतमा काम गर्ने’ व्यवस्था बनाइदियो। झट्ट हेर्दा अब धितोपत्र बोर्ड कहिल्यै प्रमुखविहीन हुँदैन। यसले फटाफट काम गर्न पाउछ भन्ने हुन्छ।

तर, यथार्थ ठिक उल्टो छ। 

https://barnanmedia.com/news/detail/173042/

२०८४ को त्रासले कांग्रेसमा अहिलेदेखि नै छटपटी, रविमाथि आधारहीन प्रहार

नेपाली कांग्रेसका युवादेखि वयोवृद्ध नेतासम्मका लागि आँखाको कसिंगर बनेका छन् रवि लामिछाने । लामिछाने तिनै नेता हुन् जसले ठूलठूला अपराध र भ्रष्टाचारको फाइल खोल्न गृह मन्त्रालयको कमान सम्हाल्न पुगेका थिए । उनलाई हल न चल गर्न सक्ने अवस्थामा पुर्‍याउन उनीमाथि शृंखलाबद्ध र संगठित रुपमा प्रहार भइरहेको छ । 

रविको आत्मबल गिराउन त्यस्ता गिरोहरु एकजुट भएका छन्, जसले रविबाट थ्रेट महसुस गरेका छन् । नगरून् पनि किन ? 

https://barnanmedia.com/news/detail/173043/

आज रामनवमी मनाइँदै

 आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ 

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।  “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।” 

के गर्ला बारको न्यायालय पुनर्संरचना समितिले ?

 नियुक्तिमा मनलाग्दी गर्ने र फैसलामा सेटिङ गरेको अभियोगमा प्रधानन्यायाधीशबाट चोलेन्द्र शमशेर राणालाई बर्खास्त गरिएको लगभग एबबर्षपछि नेपाल बार एशोसिएशनले न्यायालय पुनर्संरचना गर्नुपर्ने निष्कर्ष सहित अध्ययन समिति गठन गरेको छ । 

राणालाई समेत बारको आन्दोलनको बलमा प्रतिनिधि सभामा महाभियोग दर्ता गराएर पदबाट बहिर्गमन गराइएको थियो । मुलुकमा सत्ताको परिर्वनसंगै न्यायालयमा समेत देखिनेगरी परिवर्तनहरु हुने गरेको पृष्ठभूमिमा अहिले न्यायालय पुनर्संंरचनाको विषय गम्भीरताका साथ उठेको छ । 

https://barnanmedia.com/news/detail/173049/

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी खेल्दै

 एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आजबाट ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली जाने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आजबाट चार दिन अर्थात् वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने छ । 

प्राधिकरणले मंगलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर [तार]ले बदलीगरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने जानकारी दिएको छ । 

https://barnanmedia.com/news/detail/173052/

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

 निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
    
प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ ।

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

 गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आउनुभएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उहाँले सुनाउनुभयो । अब त्यो समस्याबाट उहाँ मुक्त हुनुभएको छ । 

“पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिँड्ने बानी पर्यो । त्यसरी हिँड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो ‘क्रस’ गराइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो”, उहाँले भन्नुभयो, “प्रविधि हाम्रा लागि पनि बनेको छ । हामीले चलाउन जान्ने हो भने समस्या आफैँ समाधान हुन्छ । प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा सिकेको सीपले हामीलाई सहज भएको छ ।”

किन पक्राउ परे एन्फाका उपाध्यक्ष ?

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। 

जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताएका छन् ।

परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको छ । यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

https://barnanmedia.com/news/detail/173066/

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो

 विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो ।

बाह्र जना नेपाली सेना र एक जना शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने आपतकालिन जनशक्तिका लागि नाम्चेमै रहने रणशुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्ड बिक्रम भारतीले जानकारी दिनुभयो ।

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ । 

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा आज उक्त कार्यको शुभारम्भ गर्नुभयो । रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३ दशमलव पाँच बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ ।

बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि सम्बन्धित जिल्लामा मतपत्र पठाइयो

 बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि सम्बन्धित जिल्लामा मतपत्र पठाइएको छ।

आज(बुधबार) बैखाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम-२ र बझाङ प्रदेश सभा-१ का लागि सम्बन्धित जिल्लामा मतपत्र पठाइएको निर्वाचन आयोगले जनाएको छ।

ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र

नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गर्नुभयो । 

उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बीमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई–रिक्साको व्यवस्थापनको काम गरिरहेको छ । 

https://barnanmedia.com/news/detail/173085/

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

 आजको कारोबारपछि परिसूचक शून्य दशमलव ७३ प्रतिशतले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ अङ्कमा सीमित भएको छ । विभिन्न तीन सय १२ कम्पनीका कूल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर ३९ हजार चार सय ७६ पटक कारोबार हुँदा रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ दशमलव ५८ मा कारोबार भएका छन् ।

आजको कारोबारमा सबै उपसमूहको सूचकमा हरियाली देखिएको छ भने रुरु जलविद्युत् परियोजनाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। साथै एसबीएल डिबेञ्चर २०८९को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने गुर्खाज फाइनान्सको नौ दशमलव ८६, सिभिल बैंक डिबेञ्चर २०८८ को आठ दशमलव १९ र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य पाँच दशमलव ०२ प्रतिशतले बढेको छ ।