सुदूरपश्चिमको मुख्यमन्त्री पदकाे लागि समय थप,लक्ष्मणकिशोर र कैलाश दुबैकाे दाबी अस्वीकृत

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदकाे लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले गरेको दाबी प्रदेश प्रमुख नजिर मियाँद्वारा अस्वीकृत गरिएकाे छ।प्रदेश प्रमुख मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन्।

आइतबार मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन नाउपा रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरी र सोही पार्टीको रञ्जिता चौधरी पक्षधर कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले बताउनु भएकाे छ।


434953598_963592515342469_9212042345952754221_n-1713274433.jpg