खोलामा डुबेर एक युवकको मृत्यु

खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । भैरवी गाउँपालिका–३ स्थित छामघाट खोलामा नुहाउने क्रममा उक्त युवकको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मृत्य हुनेमा भैरवी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरीले जानकारि दिए। 

प्रवक्ता भैरवी–३ का वडा सदस्य कल्पना विकले ज्ञानबहादुर छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा पानीमा डुबेर मरेकाे बताए।