न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधँै लाग्नुपर्ने बताउनुभएको छ ।नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुग्नुभएका प्रधानन्यायाधीश श्रेष्ठले श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“म पनि लागिरहेको छु, सिङ्गो न्यायापालिका लागिरहेको छ”–उहाँले भन्नुभयो, “श्रव्यदृश्य सुनुवाइको प्रयोगबाट देशभरीबाट सुनुवाइ गर्न सकिने हुँदा छिटोछरितो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्न सबै लाग्नुपर्छ, श्रव्यदृश्य सुनुवाइले पनि एउटा सहयोग गर्नेछ ।” प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालत काठमाडौँमा मात्र भएको हुनाले श्रव्यदृश्य सुनुवाइको अझ धेरै महत्व भएको र देशभरबाट न्यायका उपभोक्तालाई सहज न्याय पु¥याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुद्दा फछ्र्यौटमा राम्रो प्रगति गरेको र कामप्रति जागरुकता देखाएकोमा आफूलाई सन्तोष लागेको बताउनुभयो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विशेष अदालतमा आजदेखि श्रव्यदृश्य सुनुवाइ प्रारम्भ गरेको र सूचना प्रविधिको उच्चतम र सही प्रयोगमा गरी न्यायमा सहज पहुँच बनाउन प्रयत्न गरिरहेको बताउनुभयो । “न्यायिक सुधारमा प्रक्रियागत सुधारको थालनी भएको छ”, अध्यक्ष कुँवरले भन्नुभयो, “अनलाइन अदालतको विकासले विश्वस्तताका साथ न्याय प्रणालीलाई अहिलेको भन्दाबढी पहुँचयोग्य र थप प्रभावकारी, छिटो र किफायती बनाउने छौँ ।”

सोही अवसरमा विशेष अदालत बार एशोसिशनका अध्यक्ष चुणामणि पौडेल र सचिव टीकाबहादुर कुँवरले बार र बेन्चबीच सहकार्य गरेर काम गरिहेको र अदालतमा आएको पछिल्लो टिमले मुद्दा फछर्यौटमा उल्लेख्य सुधार गरेको प्रधानन्यायाधीशलाई जानकारी गराउनुभएको थियो ।
प्रधानन्यायाधीश श्रेष्ठले बार र बेन्चबीच सहकार्य जरुरी हुने र तीव्र मुद्दाको सुनुवाइ र न्यायमा पहुँच अभिवृद्धि गर्न सम्भव हुने बताउनुभयो ।प्रधानन्यायाधीश श्रेष्ठले अदालतको समग्र निरीक्षण गर्दै मुद्दाको प्रगतिबारे जानकारी दिँदै कर्मचारीसँगसमेत कुराकानी गर्नुभएको थियो ।

कतारमा हमासको कार्यालय बन्द गर्ने अड्कलबाजी तीव्र, इरानले आश्रय दिन्छ ?

कतारमा हमासको कार्यालय बन्द गर्ने अड्कलबाजी तीव्र, इरानले आश्रय दिन्छ ?

जनताको अगाडि झुट बोल्ने मोदी पहिलो प्रधानमन्त्री हुन् – प्रियंका गान्धी

जनताको अगाडि झुट बोल्ने मोदी पहिलो प्रधानमन्त्री हुन् – प्रियंका गान्धी

इलाम–२ : उपनिर्वाचनको मतगणना आज बिहानबाट गौतमबुद्ध सभाहलमा सुरू हुने,मत परिणाम चोक बजारमा डिस्प्ले बोर्डमा देखाइने

इलाम–२ : उपनिर्वाचनको मतगणना आज बिहानबाट गौतमबुद्ध सभाहलमा सुरू हुने,मत पर…

राष्ट्रपतिले अडकाइदिए ८ कानुन संशोधन गर्ने अध्यादेश, लगानी सम्मेलनको औचित्य समाप्त हुने जोखिम

राष्ट्रपतिले अडकाइदिए ८ कानुन संशोधन गर्ने अध्यादेश, लगानी सम्मेलनको औचित्य सम…

बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन

बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?