सहकारी ठगीका आरोपी रवि लामिछाने नाम गरेका व्यक्ति को हुन् भन्दै कांग्रेसका सांसद बडुले गरे प्रश्न

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगीका आरोपी रवि लामिछाने नाम गरेका व्यक्ति को हुन् भन्दै प्रश्न गरेका छन्।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद बडुले सहकारीबाट एक करोड रुपैयाँ लिने रवि लामिछाने नाम गरेका व्यक्ति को हुन्? भनेर प्रश्न गरेका हुन्।

‘सहकारीबाट एक करोड रुपैयाँ लिने रवि लामिछाने नाम गरेका व्यक्ति को हुन्?,’ उनले भने, ‘अहिलेका गृहमन्त्री पनि रवि लामिछाने नै हुनुहुन्छ। नाम मात्रै मिलेको हो कि? गृह मन्त्रालयले यसलाई गम्भीरताका साथ छानबिन गर्ने भनिरहेको छ। हामीले त्यसलाई विश्वास पनि गरिराख्या छौं।’

बडुले छानविनको निश्पक्षता र विश्वसनियतालाई अझ सुनिश्चत गर्न छानविन सुरू गराइहाल्न र नसकिँदासम्म जिम्मेवारीबाट बाहिरिन्छु भन्दा उचित हुने बताएका हुन्।

उनले थपे, ‘छानविनको निश्पक्षता र विश्वसनियतालाई अझ सुनिश्चत गर्न छानविन सुरू गराइहाल्न र नसकिँदासम्म जिम्मेवारीबाट बाहिरिन्छु भन्दा उचित हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो। यो अवस्था हुन्छ कि हुँदैन? त्यो भइदियो भने निश्पक्ष हुन्छ।’