बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि बिहीबारदेखि राष्ट्रिय सभामा छलफल हुँदैछ।बिहान ११ बजेर १ मिनेटमा बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमबारको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गरेका थिए।

यससँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले फागुन १७, २७, २९ र ३० गते छलफल हुने मिति तोकेका थिए। छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री महतले फागुन ३० गते बस्ने बैठकमा दिने कार्यतालिका तोकिएको छ।

प्रिबजेट छलफल सुरु हुनुअघि विधायन व्यवस्था समितिकी सभापति जयन्ती देवी राईले ‘स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन २०८० सभासमक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।