कर्णाली प्रदेश मन्त्रिपरिषदद्वारा दुई नियमावली स्वीकृत
कर्णाली प्रदेश मन्त्रिपरिषद्को कार्यालयको निर्णयानुसार दुई नियमावली स्वीकृत गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै नियमावली स्वीकृत गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा ‘कर्णाली प्रदेश निजामती सेवा नियमवाली, २०८०’ तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा ‘कर्णाली कृषि व्यवसाय प्रवद्र्धन नियमावली, २०८०’ स्वीकृत गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा नमूना कार्यालय छनोट गरिएको छ । त्यसमा मुगु पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई उत्कृष्ट कार्यालयका रुपमा छनोट गरिएको प्रवक्ता जिसीले बताउनुभयो ।
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने
रोल्पामा जीप दुर्घटना, तीन जनाको ज्यान गयो
भन्सार घोटाला गरेको आरोपमा बीवाईडी कम्पनीका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरीक…
उत्तर कोरियाको आणविक दौड तीव्र
इनरुवामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद
प्रतिक्रिया