राप्रपाको दोहोरो चरित्र: संघीयता खारेज भन्दै चुनाव लड्ने प्रदेशमा सभामुख खाने
राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता र धर्मनिरपेक्षताको विपक्षमा छ । उसको मुख्य माग नै, संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हो । अनि संघीयता खारेजी । यही मुद्दा लिएर राप्रपा चुनाव लड्दै आएको छ ।
झापा गौरदहका ७० वर्षीय विष्ट समानुपातिक तर्फका प्रदेशसभा सदस्य हुन् । विष्टले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिए ।
राप्रपाले कोशीमा सभामुख लिएपछि पार्टीभित्र विवाद बढेको छ । राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले यस प्रकरणप्रति आपत्ति जनाएका छन् । पार्टी बैठकमा कोशी प्रदेशसभाको सभामुख लिन नहुने भनेर सहमति गर्ने अनि कसैलाई जानकारी नै नदिई सभामुखमा दाबी गर्ने निर्णयबारे केन्द्रीय कार्यसम्पादन समितिमा छलफल हुनुपर्ने माग पनि लोहनीले गरेका छन् ।
यसअघि राप्रपालाई कोशीमा सभामुख लिन सत्ता गठबन्धनले आग्रह गर्दै आएको थियो । तर राप्रपालाई राष्ट्रियसभामा एक सिट दिनुपर्ने सर्त राखेपछि सहमति जुटेन । सत्ता गठबन्धनले सुनुवाइ नगरेपछि सभामुख मात्र भए पनि लिन राप्रपा तयार भएको थियो । सोही आधारमा राप्रपाले कोशीमा सभामुख पाएको हो ।
प्रधानमन्त्री बालेनलाई ओलीको जवाफ: नेपालले भारतको एक इन्च जमिन मिचेको छैन
‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
विश्वकप अघि लामिन यमलको इन्जुरीले चिन्तामा स्पेन
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया