डा. जागेश्वर गौतम कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए

काठमाडौं । डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ ।गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएका गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । 

डा. गौतमलाई १० जेठमा स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी तोकिएको थियो ।