प्रचण्डले नेता नेपाललाई भने, ओलीबाट फेरि धोका हुन सक्छ चनाखो हुनुस्

काठमाडौं । एमाले एकता टुंगोमा पुग्नै लागेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् ।

शनिबार वरिष्ठ नेता नेपालको निजी निवास कोटेश्वर पुगेर माओवादी अध्यक्ष प्रचण्डले भेटेका हुन् । केहीबरे भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले ओलीले फेरि धोका दिन सक्ने भन्दै चनाखो हुन नेता नेपाललाई सुझाव दिएको स्रोतले बताएको छ।

प्रचण्डले नेपालसँगको भेटमा भने,‘प्रधानमन्त्री ओली विश्वासयोग्य नेता नभएको हुँदा जहाँ जतिबेला पनि धोका हुन सक्ने भएकाले ख्याल गर्नुस्।’दाहालले नेपाललाई पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत आग्रह गरेको बुझिएको छ ।

विपक्षी गठबन्धनसँगै हातेमालो गर्द हिडेका नेता नेपाल ओलीसँग मिल्ने बित्तिकै गठबन्धनको औचित्य सकिने देखिएको छ ।जवाफमा नेता नेपालले त्यसबारेमा आफू चनाखाे रहेकाे र आफू कमजाेर हुने अवस्था आउन नदिने वातावरण तयार गर्न कार्यदलका नेताहरू लागेकाे बताएका थिए।