एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, महत्वपूर्ण निर्णय हुन सक्ने

काठमाडाैं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी कार्यालमा बस्ने बैठकले पार्टीको आगामी कदमबारे टुंगो लगाउने नेता सुबासचन्द्र नेम्वाङले बताए। जेठ २ कै अवस्थामा फर्कने निर्णय भएता पनि महाधिवेशन आयाेजक कमिटीकाे बैठकमा भने नेपाल पक्ष सहभागि हुने देखिएकाे छैन ।

पार्टीको आगामी बैठक र कदमहरुबारे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नै तय गर्ने कार्यालय सचिव शेरबहादुर तामाङकाे भनाइ छ।पार्टीमा शतप्रतिशत नेता, कार्यकर्ता समेट्ने लक्ष्य रहेको तर शतप्रतिशत नसमेटिए पनि अधिकतम् नेताहरु समेट्दै पाटी अघि बढ्ने तामाङले बताए ।

२०७५ जेठ २ कै संरचनामा पार्टीलाई फर्काउँदै असार १८ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ । सो बैठकमा तत्कालिन सबै केन्द्रीय सदस्यलाई डाकिने जनाइएको छ ।

एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आएका छन् ।