एमालेको एकता प्रयासमा संशय पैदा,ओली र नेपाल मिल्ने अवस्था देखिएन

काठमाडौं । नेकपा एमालेको एकताका लागि भइरहेका प्रयासमा केही संशय पैदा गरेको छ । संकटबाट गुज्रिरहेको एमालेलाई एकताबद्व बनाउन दुवै तर्फका नेता सक्रिय छन्।् ।

एमाले विवाद समाधानका लागि दोस्रो तहका केही नेता क्रियाशील भएर लागे पनि अहिलेसम्म ठोस निचोड निस्कन सकेको छैन। । नेताहरुका आपसी इगो, टकराव र प्रतिष्ठाको दाउपेचका कारण एमालेको भविष्य अन्धकारमय बन्दै गएको गुनासो मध्यमार्गी नेताहरूको छ। ओली र नेपाललाई मात्रै दोष दिने भन्ने होइन। दुवै नेताहरुको इगोले एमाले कमजोर बनिरहेको छ, ।

नेता नेपाल नेताहरुले गरेको प्रयासबाट पनि बालुवा पेलेर तेल निस्केला भन्नेमा विश्वस्त देखिएका छैनन्। ।धेरै पटकको धोका, चालबाजीले हामी वाक्कदिक्क भएर हैरान भइसकेका छौं। उनले अहिले त अरू राजनीतिक दल र सिंगो देश नै ओलीका कारणले हैरान भइसकेको बताए । नेता नेपालले ओलीलाई बालुवासँग तुलनागर्दैे, बालुवा पेलेर तेल निस्कँदैन भनेका छन् । नेता नेपालको अभिव्यक्तिलाई कतिपयले निराशावादी भनेका छन् ।

नेता नेपालका पछिल्ला गतिविधि एकताविरोधी छन्।नेपाल पक्षले समानान्तर कमिटी लगायतका गतिविधि गरिरहेका छन् । माधव–झलनाथ पक्ष असन्तुष्ट पक्ष २०७५ जेठ २ मा पार्टीलाई फर्काउनुपर्ने र प्रतिगमन सच्चाउनुपर्ने अडानमा छ। तर ओली पक्ष त्यसमा सहमत भए पनि कार्यान्वयन प्रक्रियामा लागेको देखिन्न । त्यसको बेवास्था गर्दै यही असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ ।
बैठकले एकताका लागि अन्तिम पटक आह्वान गर्ने र पार्टीलाई २०७५ जेठ २ बाट नै अगाडि बढाउने निर्णय गर्र्ने अपेक्षा गरिएको छ। तर,अदालतले दसौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएको छैन । यो बैठकमा नेपाल पक्ष सहभागी नहुने स्पष्ट पारिसकेकोछ ।

दुवै पक्षका दोस्रो तहका नेताहरु आफ्नो तहबाट एमालेभित्रको विवाद समाधानका लागि निरन्तर संवाद र छलफलमा छन्। तर, ठोस सहमतिमा उनीहरु पुग्न सकेका छैनन्।

अब केपी ओली र माधव नेपाल मात्रै मिलेर पनि एमालेभित्रको अहिले देखिएको विवाद समाधान नहुने देखिन्छ। समस्या समाधान दुईजनाको टाउँको जोडेर मात्रै हुने होइन । कानुनी रुपमा एक रहे पनि एमाले राजनीतिक रुपमा सत्तापक्ष र प्रतिपक्षीको जस्तो व्यवहार हुँदै आएको छ ।