प्रधानमन्त्री ओलीका तीन विकल्प संम्भावित रणनीति

‘पार्टी अध्यक्ष ज्यूू यतिबेला राजनीतिक र पार्टी भित्रबाट पनि एकदम अप्ठेरोमा हुनुहुुन्छ मिलेर सहयोग गरौं र पार्टी एकतालाई बलियो बनाएर लैजानुुको विकाल्प छैन, त्यसैले एकपटक अन्तिम पार्टी अध्यक्षसित छलफलमा सहभागि हुनुपरो ।’ होटल मेरियोट नक्सालमा राति नौ बसे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुु पौडेल माधव कुमार नेपाल खेमाका योगेश भट्टराई र गोकर्ण विष्ट सित यि माथिको संवाद गरिरहेको थिए । विहिबार बेलुुका ।

जवाफमा भट्राइले आफूहरु पार्टीकै पक्षमा रहेको र पार्टी अध्यक्ष लचिलो हुने अवस्था आएमा फर्किने संम्भवना रहेको बताए । कफि खादै भएको गफ करिब ११ बजेसम्म चल्यो, उठ्ने बेलामा पौंडेलले एउटा संकेत गर्दै विदा लिए, ‘प्रधानमन्त्री ज्यू भोलीको अवस्था( अदालतको फैसला)लाई हेरेर उहाँले संकटकाल सम्मको अवस्थामा जाने संक्नेसम्मको योजनामा पनि जान सक्नुु हुनेछ । मलाई विश्वास तपाईहरुले त्यो अवस्था सिर्जना हुने अवसर दिनुहुुने छैन।’

यतिभनेपछि सबै बाहिरिए भट्टराई र विष्ट भने अध्यारो अनुुहारले पातिएको झै अनुहार पारेर निस्केका थिए ।

अब कुरा गरौं ओलीका विकल्पः

के अवस्था ओलीले अन्तिम अस्त्र संकटकाल लगाएर सत्ता लम्बाउन सक्लान त ? सक्दैनन् । यसका मुुख्यबाटो अदालतको हो । संसद विघटनका विरुद्दमा बहस सुुरु भइरहेको फैसला आउनका लागि अझै एक हप्ता लम्बिने निश्चित छ। अदालतले धारा ७६ को २,४,५, लाई विकल्प दिन नसकेकाभन्दै ओलीले संसद विघटन गर्नका लागि धारा ७६को उपधारा ७को प्रयोगमा गएका हुुन् आधारमा संसद विघटन गरेका हुन् । यस अघि पुुस पाँच भने ओल उपधारा ५ विकल्प हुुँदा हुदै उपधारा ७ गएर संसद विघटन गरेका थिए । त्यो अदालतले उल्टाइदिएको छ ।

अब ओलीले गरेको अहिलेको संसदविघटन सर्ससर्ती हेर्दा ठिकै देखिन्छ । तर, उपधारा ५ को विकल्प दिनका लागि प्रमुुख प्रतिपक्षदलहरुले राष्ट्रपति समक्ष बहुुमत पुुयाएर कांग्रेस नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री चुुनियोस्स भनेर गएका थिए । भने ओलीले पनि आफूसँग बहुुमत भएको भन्दै किर्ते हस्ताक्षर पेश गरेका थिए ।तर राष्ट्रप्रमुुखले दुुबैको विकल्प नभएको भन्दै सरकारले विश्वासको मत लिन नसक्ने दाबी गरेपिछि केश अदालतसम्म अहिले विधारधिन अवस्थामा पुुगेको हो।

हो, अब यहिबाट कुरा हुुन्छ देशको अबको बाटो कता भनेर ? अदालमा मुुद्दा १ सय ४३ जनाको हस्ताक्षरले देउवालाई प्रधानमन्त्री बनाइयोस् भनेर उजुुरी दिएपछि अब अदालतले कसरी फैसला गर्छभन्ने कुरामा ओलीका कदम पनि त्यसैगरी चल्ने छन् । यदि अदालतले सिधै देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्यो भने स्वत ः ओली अदालतको सम्मानगर्ने राजीनामा बुुझाएर बालकोट जानेपर्ने हुुन्छ । यदि संसद बोलाएर सासंद परिक्षण गर भन्ने खालको आदेश आयो भने ओलीले विकल्प खोज्नेबाटो तब सुरु हुुन्छ । त्यो भनेको माधव नेपाल समूूहका नेता आफूूतिर तान्नुु र पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर नेपालाईदिने र विश्वासको लिन सके २ वर्ष एमाले नै सरकार चलाउँछ भने विश्वासको मत लिन नसकेको खण्डमा स्वत चुुनाबमै जानुुपर्ने छ ।

माधव नेपाल  ओलीसँग मिल्ने सक्ने आधार र अभिव्यक्तिलाई हेर्दा न्युुन पनि संम्भवनाका ढोकाहरु पनि त्यतिकै छन् । नयाँ पार्टी बनाएर नेपाल खुुम्चिन चाहादैनन् । पार्टी फूटाएर एमालेले अहिलेको प्रतिस्पर्धात्मक लोकतन्त्रको चुनाबी मैदानमा जित्ने संम्भवना पनि कम रहन्छ । त्यसैले प्रचण्डको हात र साथ छउन्जेल नेपालले केही समय ताण्डब नाच देखाउने भने निश्चित छ । ओलीको अर्को विकल्प संकाटलगाएर जाने अवस्थमा अहिलेमुुलुुक पुुगेको छैन । बन्द हड्तालत अब संविधानपश्चा् सकिएको अवस्थामा ओलीले अब त्यो बाटो रोजेर आफैलाई नेपाली इतिहासको कालो टिको थप लगाउन ओली चाहाना पनि छैन ।