प्रश्न उठेका एमिकश क्यूरीले राजीनामा गर्नुपर्दैन ?

प्रधानमन्त्री केपी शर्मा ओलीको महान्यायाधीवक्ता भएकै आधारमा सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले अघिल्लो पटक संवैधानिक इजलास परित्याग गर्नुप¥यो ।

प्रतिनिधि सभाको पहिलो विघटनको मुद्दाबाट न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठेपछि उनले मात्रै इजलास परित्याग गरेनन् दोश्रो विघटनको मुद्दामा प्रश्न उठाइएका न्यायाधीशहरु तेज बहादुर केसी र बम कुमार श्रेष्ठलाई समेत पछिल्लो इजलास चयनमा पारिएन ।

न्यायाधीश र एमिकश क्युरीको भूमिका अलग अलग भएपनि खासै धेरै फरक छैन । एमिकश क्युरीले राय दिन्छ भने न्यायाधीशले फैसला जारी गर्दछन् । तर राय दिने व्यक्तिकै चयन गर्दा कुन ढंगको खेलकुद हुन्छ भन्ने कुरा यसपटकको एमिकश क्युरीको चयनबाट स्थापित भइसकेको छ ।

अघिल्लो मंगलबार पुष्पकमल दाहाल प्रचण्डका तत्कालिन महान्यायाधीवक्ता राघवलाल बैद्यलाई सर्वाेच्च अदालत बार एशोसिएशनबाट एमिकस क्युरी बनाउन नसकिने निर्णय गरेलगत्तै केहीघण्टाभित्रै नेपाल बार एशोसिएशनबाट एमिकस क्युरीमा अनौठो तरिकाले छानियो ।

ताजुबलाग्दो त के छ भने एमिकस क्युरी छान्ने पनि पुष्पकमल दाहालकै कानुन व्यवसायी र एमिकश क्युरीमा छानिने बैद्य त झने पूर्व महान्यायाधीवक्ता भएपछि एमिकस क्युरी कसरी छानिन्छन् भन्ने स्पष्टै भइसकेको छ ।

अझ, सर्वाेच्च अदालत बार एशोसिएशनमा उनको नाम प्रस्ताव गर्ने कार्यपनि अध्यक्ष पूर्णमान शाक्यबाट भएको शुत्रहरुको दावी छ । शाक्यले पहिलो विघटनको मुद्दामा एमिकश क्युरीको तर्फबाट बहस गर्दा समेत प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्छ भन्ने राय दिएका थिए ।

बैद्य नै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको पहिलो सरकारको महान्यायाधीवक्ता बन्न तत्कालिन पुनरावेदन अदालतको वहालवाला न्यायाधीशबाट राजीनामा गरेका व्यक्ति भएकाले प्रचण्डको कति निकटका व्यक्ति हुन भन्ने कुरा घामजत्तिकै छर्लङ छ ।

कतिपय स्वतन्त्र कानुन व्यवसयाीहरुले बैद्यलाई एमीकस क्युरीमा गरिएको सिफारिसको चर्काे विरोध गरेका छन् । अवसर नपाएका कतिपयले एकपक्षीय रुपमा राजनीतिक आधारमा एमिकश क्युरी छानिएको, कतिपयले जातीय आधारमा एमिकश क्युरी छानिएको सम्मको आरोप लगाएका छन् ।

एमिकश क्युरी समेत नेवार समुदायबाट, छान्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ समेत नेवार समुदायबाट र प्रस्ताव गर्ने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्य समेत नेवार समुदायका व्यक्तिको मिलिभगत भएको चर्चा चलिरहेको छ ।

उषा मल्ला समेत नेवार समुदायको नभएको भए छानिन मुस्किल पर्ने स्वतन्त्र कानुनविद्हरु बताउंछन् ।

अर्का एमिकश क्युरी कोमलप्रकाश घिमिरेसमेत रमाइलो तरीकाले छानिएको शुत्रहरुको दावी छ । तत्कालिन अख्तियार प्रमूख लोकमानसिंह कार्कीको कानुनी सल्लाहकार घिमिरेलाई सर्वाेच्च बारका सचिव क्रृषिराम घिमिरेको जोडबलका आधारमा एमिकश क्युरी बनाइएको छ । घिमिरेलाई सर्वाेच्च बारले बनाएमा बैद्यलाई नेपाल बारले लैजाने सहमति भएअनुरुप नै एमिकस क्युरी छानिएको रणनीतिकारहरुको दावी छ । घिमिरे कांगे्रेसको कोटामा सर्वाेच्च बारको सचिव बनेका छन्, उनलाई कांग्रेसको वास्तविक कार्यकर्ता मानिन्छ ।

यसो हुंदा दुवैले रिट निवेदकलाई सहयोग पुग्ने रणनीतिका आधारमा छानिएको पनि उनीहरुको दावी छ । अझ यो विषय सामुहिक वक्तव्य नै जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्ने कल्याण श्रेष्ठ लगायतका चार पूर्व न्यायाधीशहरुको खेमाले रुचाएका व्यक्तिहरुलाई अघि सारिएको चर्चा पनि चलेको छ । बैद्य कल्याण श्रेष्ठको पालामा न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक भएका व्यक्ति पनि हुन ।

शुत्रहरुका अनुसार, अघिल्लो सोमबार नेपाल बार एशोसिएशनले उषा मल्ल पाठकको नाम तय ग¥यो तर बैठकमा अर्काे नाममा धेरै माथापच्चि भएपछि अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणी पौडेलले अर्काे एउटा नामको विषयमा आफूहरुले निर्णय गर्ने भनेर अधिकार खोसेर लिएको कार्यसमितिका पदाधिकारीहरु बताउंछन् ।

उपाध्यक्ष इश्वरी प्रसाद भट्टराई, कोषाध्यक्ष रुद्र पोखरेल लगायतका पदाधिकारी र बालकृष्ण गैरे लगायतका सदस्यहरुले एकपक्षीय रुपमा एमीकस क्युरी छानिनु नहुने भनेर विरोध गरेको शुत्रहरुको दावी छ ।
त्यसको भोलीपल्टका लागि सर्वाेच्च अदालत बार एशोसिएशनको बैठक डाकिएको र भोलीपल्ट विभिन्न नाममा छलफल हुंदा बैद्य सहित केही बरिष्ठ अधिवक्ताको नाम अध्यक्ष पूर्णमान शाक्यले बैठकमा प्रस्ताव गरेका थिए । सर्वाेच्च बारको बैठकमा प्रचण्डको महान्यायाधीवक्तालाई नै प्रचण्ड सहितका व्यक्ति रिट निवेदक रहेको मुद्धामा एमिकस क्युरी छान्दा उचित नहुने भन्दै उनको नाम अस्वीकृत गरिएको थियो । घिमिरेलाई छानिएको विषयलाई लिएर सर्वाेच्च बारमा समेत रडाको मच्चिएको बताइएको छ ।

बैद्यको नाम सर्वाेच्च बारबाट पास नभई बरिष्ठ अधिवक्ताद्धय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई एमीकस क्युरीमा पठाउने निर्णय भएको एकैछिनमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बैद्यको नाम नेपाल बारको एमीकस क्युरीमा सार्वजनिक गरेको नेपाल बारका पदाधिकारीहरु बताउंछन् ।

‘दुवै बारमा बैद्यको नाम प्रस्ताव हुनुले बैद्यलाई जसरी पनि एमीकस क्युरीमा लैजानुपर्ने बाध्यता रहेको स्पष्ट हुन्छ,’ बारका ती पदाधिकारीले बताए ।

एमीकस क्युरी कति स्वतन्त्र, पारदर्शी र निष्पक्ष ढंगले छानिदो रहेछ भन्ने कुरा उनको नियुक्तिका लागि बारमा भएको माथापच्चिले स्पष्ट गरेको छ ।

बैद्य इमानदार न्यायाधीश र इमान्दार कानुन व्यवसायी भएपनि उनीमा राजनीति प्रतिको प्रतिबद्धताको कारणले जसरी पनि यसपटक एमिकस क्युरीमा लैजानैपर्ने बाध्यता बारको नेतृत्वहरुले देखाएका छन् । बैद्य मात्रै नभई अन्य नामहरुमा समेत आधार र कारणसम्मत निर्णय नगरिएको भन्दै बार पदाधिकारीहरुबीच नै विवाद रहेको बताइन्छ ।

भोलीदेखि सुरु हुने प्रतिनिधि सभा विघटनको मुद्दाको सन्दर्भमा प्रश्न उठेको छ– कुनै न्यायाधीशको विषयमा प्रश्न उठ्ने वित्तिकै इजलासै परित्याग गर्नुपर्ने तर सोही स्तरको प्रश्न उठीरहेको एमिकस क्युरीले भने छाड्नु पर्दैन ? कि अरु व्यक्तिमा एमिकस क्युरी हुने दक्षता र क्षमता नै छैन ?