जसपा लफडा : कार्यकारिणीमा बहुमत नजुट्ने भएपछि ठाकुर समूह राजपा ब्युँताउने तयारीमा

काठमाडौँ । सत्तासमीकरणले विवाद चरमोत्कर्षमा पुगेको जनता समाजवादी पार्टी (जसपा) फुट्ने निश्चित भएको छ । प्रतिनिधि सभा विघटन भएको र कार्यकारिणी समितिमा बुहमत नपुग्ने निश्चित भएको केपी शमाी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) ब्युँताउने तयारीमा लागेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७३ पहिलो संशोधनमा पार्टीमा केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमत पु¥याउनेले अर्को समूहलाई कारबाही गर्न सक्छ । अहिले प्रतिनिधि सभा नभएकाले संसदीय दल छैन । बाँकी रह्यो केन्द्रीय कार्यकारिणी समिति । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३२ सदस्य विपक्षीमा रहेकाले आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि आफ्नै पुरानो पार्टी व्युँताउने तयारीमा ठाकुर समूह लागेको हो ।

कार्यकारिणी समितिमा बहुमत जुटाउन गरेको प्रयास निरर्थक भएपछि पुरानो पार्टी व्युँताउने तयारीमा लागेका हुन् । ठाकुर समूहले अर्का अध्यक्ष उपेन्द्र यादव समूहका ५ जना सांसदलाई आफूतिर ल्याए झैँ त्यति नै संख्यामा कार्यकारिणी सदस्यहरूलाई आफूतिर ल्याउन प्रयास गरेको थियो । । यसको लागि ठाकुर र महतो सक्रिय भएका थिए । स्रोतका अनुसार अहिलेसम्म ठाकुर पक्षले यादव पक्षका एक जना मात्र कार्यकारिणी समितिका सदस्यलाई आफूतिर ल्याउन सफल भएको छ । पूर्व समाजवादी पार्टीका नेता तथा जसपाका कार्यकारिणी सदस्य दानबहादुर विश्वकर्मालाई ठाकुर पक्षले आफूतिर ल्याएको छ ।

ठाकुर निकट स्रोतले पुरानो राजपा ब्युँझाउन असार २२ पछि तयारी गर्नेछ । पार्टी एकीकरण भए पछि पुरानो पार्टीको नामबाट एक वर्षसम्म आयोगमा पार्टी दर्ता गर्न नपाउने कानुनमा व्यवस्था भएकाले त्यसबेलासम्म बुहमत पु¥याउन प्रयास गर्ने ठाकुर समूहको तयारी छ । २०७७ असार २२ गते जसपा  गठन गरिएको औपचारिक जानकारी आयोगलाई गराइएको थियो ।

कार्यकारिणी समितिमा बहुमत जुटाउन ठाकुर समूहले यादव समूहबाट आफ्नो समूहमा आएका ५ जना सांसद मध्ये ३ जना सांसद उमाशंकर अरगरैया, विमल श्रीवास्तब र रेणुका गुरुङलाई मन्त्री बनाएको छ ।