नागरिकतासम्बन्धी अध्यादेशको संवैधानिक इजलासमा सुनुवाइ हुँदै, कस्तो आउला फैसला?

काठमाडौं । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमाथि आज पुनःसुनुवाइ हुँदैछ ।

गत शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुरु भएको प्रारम्भिक सुनुवाइ समयमा अभावका कारण नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो।संवैधानिक इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

अध्यादेशविरुद्ध सर्वोच्चमा ७ वटा रिट निवेदन परेको छ ।रिट निवेदकले अध्यादेश संविधानसँग बाँझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा जेठ ९ गते नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।