कांग्रेस १४औंमहाधिवेशन : संम्भव होला भदौंमा कांग्रेस महाधिवेशन गर्न?

काठमाडाैँ। देउवाले भदौंंमा महाधिवेशन गर्ने जुुन औपचारिक कुरा गरेका छन् त्यो संम्भवना नदेखेरै महाधिवेशन गर्न लागेको प्रष्ट छ ।

नेपाली कांग्रेसका लागि आगामि भदौं सबैभन्दा बढी महत्वपूूर्ण हुने छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको १४औं महाधिवेशन बताएका पनि छन् । तर, उनले महाधिवेशन गर्नकै लागि भने न पार्टीको तयारी छ न उनी आफै नयाँ अधिवेशन गर्नका लागि तयारी अवस्थामा रहेका छन् ।

बुधबार एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, यस्तो विषम परिस्थितिमा पनि हामीले यहीँ भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपरेको छ। म देशभरिका पार्टीका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु– २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ।’

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्री बुझेको उनले स्पष्ट पारेका छन्।
महाधिवेशनको हुने र नहुने भनी आएका खबरहरूलाई लिएर भ्रममा नपर्न उनले सबै नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

‘पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गराउन चाहेको र कसैले नचाहेको गरी देखाउने गरी पटकपटक आउने गरेको अभिव्यक्ति किमार्थ उचित होइनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा रहने काम गर्न हुँदैन ।’

पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको उनले बताएका छन्। असार–साउनभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी सकेर निर्धारित समयमै महाधिवेशन गर्ने उनको भनाइ छ। तर अहिले देउवाले कोरोना भाइरसको महामारी, पार्टीको र सरकारको अवस्थालाई हेरेर उनले भदौंमा पार्टी महाधिवेशनगर्न तयारीमा छन् ।किन भने अहिले राजनीतिक एक् प्रकारले चुनाबमा गएको छ । अब माहाधिवेन पनि गर्ने वा देउवा सरकारमा जाने संम्भको प्रयासलाई पनिनिकै गहन रुपमा अध्ययन गर्नुपर्ने हुन्छ ।

देउवा अहिले आफ्नो पार्टीको भन्दा पनि माधव नेपाल र प्रचण्डको कुरामा लागेका छन्। राजनीतिक विश्लेषक अनुुपराज जोशि भन्छन्, ”कांग्रेसको महाधिवेन गर्ने भनेको पार्टी भित्रको आन्तरिक कुरा हो। तयसमा अन्य पार्टीसँगै सम्झौता गर्न जाने होइन अहिले देउवालाई कम्युुनिष्टतिर लागेर भनेर घोषणा गर्न मात्र बाँकि रहेको अवस्था छ ।”

हुन पनि देउवा अहिले पार्टी पंति कसैको पनि कुरा सून्न चाहादैन।भोली सरकारको नेतृत्व मेरो हातमा हुने र सजिलै महाधिवेशन गरे पनि सभापतिमा पुुग्न सकिने उनको रणनीति पनि हुनसक्ने कतिपयको विश्लेषक छ ।