ओलीको निर्णयले दबाबमा माधव नेपाल, देउवा प्यारो कि विरासत ?

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार राखेको प्रस्तावले एमालेका बरिष्ठ नेता माधाव कुमार नेपाल यतिबेला संकटमा परेका छन् । संधै ओलीको पदलाई विपक्षीसँग मिलेर अप्ठेरोमा पार्दै आएका ओलीले यतिबेला भने माधव नेपाललाई पानी पानी पारेका छन् । आफूहरुले पार्टी फूटाउन भूमिका खेलेको भन्दै ओलीलाई जुुन आरोप लागेको थियो अब भने खनाल नेपालको पोल्टामा हालिदिएका छन् ।

उनले प्रधानमन्त्रीका लागि विपक्षी नेता शेर वहादुर देउवालाई समर्थन गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त सहित राखेपछि यतिबेला अलग पार्टी बनाएर जान ठिक परेको नेपाल समूूहलाई ओलीको निर्णय अप्ठेरोमा फलेको फर्सि जस्तो भएको बताउँछन् । त्यसको निर्णय आजै हुने जनाएको छ । छलफल गर्न खनाल–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको प्रस्तावलाई कसरी लिने भनेर निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको हो। खनाल नेपाल समूहले अहिलेसम्म कुनै निर्णय लिन भने सकेको छैनन् । उनीहरुको मागलाई ओलीको सम्बोधन गरेका छन् । तर माधव नेपाल समूह भने सर्त फिर्ता गरेपछि मात्र पार्टी एकता हुने सक्ने बताएका छन् । अ‍ोलीले सर्त विनाको पार्टी एकता सम्भवना नभएको र बरु अन्तिम निर्णय गर्ने अवसुर दिएको बताएका छन् । समाजिक सञ्जालमा घनश्याम भूसालले लेखेका छन् अहिले हामी केही बोल्दैनौं यसबारे सामूहिक धारणा बनाउँछौं र स्थायी कमिटी बैठक बोलाएका छौं। त्यसले नै धेरै कुरा निर्धारण गछौं भन्दै लेखेक छन् ।
यसअघि खनाल–नेपाल पक्षका नेताहरूसँग भएको अनौपचारिक छलफलमा समेत ओली पक्षले २०७५ जेठ २ मा फर्किन कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको थियो।

ओलीले आइतबार निकालेको वक्तव्यमा त्यही सर्त दोहो¥याएका छन्। खनाल–नेपाल पक्षले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारिसकेको छ।
ओली कामरेडले भनेका अरू विषय सकारात्मक छन्। तर अदालतमा गइसकेको हस्ताक्षर फिर्ता लिनुभनेको शेर वाहादुर देउवालाई धोका दिन हो । त्यसैले ओलीले प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनेर आफूले गरेको निर्णय फिर्ता लिनुभयो भने हाम्रो हस्ताक्षरबारे सोच्न सकिने भन्दै माधव नेपालका एक नेताले जानकारी दिए ।