६ महिनापछि कर्णाली प्रदेशमा कांग्रेसका जिवन बहादुर शाही मुख्यमन्त्री बन्ने भित्रि सहमती
काठमाडाैं । अवको ६ महिनापछि कर्णाली प्रदेशमा मुख्यमन्त्री कांग्रेसका जिवन बहादुर शाही बन्ने भएका छन् । गत वैशाख ४ मा अविश्वसनीय तरिकाले विश्वासको मत जुटाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेससँग मुख्यमन्त्री पद भागबण्डा गर्ने सहमति गरेको खुलेको छ । अहिले विश्वासको मत लिएपछि चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने गरी सहमति भएको माओवादी स्रोतले जानकारी दिएको छ ।६ महिनापछि सरकार फेरबदल गर्ने र त्यतिबेला कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रले समर्थन गर्ने सहमति जुटेको हो ।
माओवादीका एक नेताका अनुसार, दुई पार्टीबीच आलोपालो मुख्यमन्त्री हुने सहमतिपछि कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय गरेको थियो । केही दिनअघि नै दुई दलबीच सहमति जुटेको भए पनि बैठक सुरु नहुँदासम्म कांग्रेसले सहमतिलाई चुहाएको थिएन । नेता जीवनबहादुर शाहीले पनि सबै सांसदसँग सहमति चुहाएका थिएनन् । चैत अन्तिम साता नै दुई दलबीच चुनावी सरकारको नेतृत्व कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले नेतृत्व गर्ने सहमति जुटेको थियो ।माओवादी स्रोतका अनुसार, बढीमा एक वर्षभित्र कांग्रेसका शाहीले मुख्यमन्त्री हुने गरी दुई दलबीच सहमति गरिएको हो ।
एमालेका ४ सांसद निष्कासनमा परेपछि माओवादी र कांग्रेस मिल्दा मात्रै पनि कर्णाली प्रदेशमा बहुमत पुग्छ । माओवादीका धर्मराज रेग्मी र एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको सांसद पद रिक्त भएपछि कर्णाली प्रदेशसभा ३५ सदस्यीय हुन्छ ।
त्यो हुँदा १८ सांसद हुँदा सरकार निर्माणका लागि बहुमत पुग्छ । माओवादीसँग १२ र कांग्रेससँग छ जना सांसद छन् । त्यो संख्या बहुमतका लागि पर्याप्त हुन्छ । त्यसैले उनीहरूबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति जुटेको हो ।
माओवादीका नयाँ अनुहारले प्रवेश पाउँदै
पछिल्लो सत्ता समीकरणमा माओवादीभित्रै पनि मन्त्री फिर्ता बोलाउने सहमति जुटेको छ । माओवादीका दुईजना मन्त्री फिर्ता हुने र नयाँ दुई जनालाई मन्त्री बनाउन लागिएको हो । अहिले माओवादीबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी र सामाजिक विकासमन्त्री केसीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई पठाउने तयारी भइरहेको छ ।
मन्त्रिपरिषद् पुनगर्ठनमा माओवादीबाट सीता नेपाली, विन्दमान विष्ट र गोपाल शर्मामध्ये दुई जनामन्त्री हुनेछन् । विष्टले माओवादी नेता शक्तिबहादुर बस्नेतको कोटाबाट मन्त्री दाबी गरिरहेका छन् । बस्नेतनिकट विष्ट सुर्खेतका सांसद हुन् । सुर्खेतकै सांसद नेपाली पनि मन्त्रीको दाबीमा छिन् ।
अघिल्लो पटक नै मन्त्री दाबी गरेकी नेपालीलाई पुनर्गठनको चरणमा मन्त्री बनाउने आश्वासन दिइएका कारण अहिले उनको सम्भावना अधिक छ । त्यसो त, मन्त्री केसीलाई फिर्ता बोलाएपछि एकजना महिला मन्त्री बनाउनैपर्ने भएकाले सीता नेपालीको नाम चर्चामा आएको हो । महिला र दलितको समेत प्रतिनिधित्व गर्ने कारण सुर्खेतबाट मन्त्रीका लागि दाबी गर्ने विष्टका लागि भारी भएकी छिन् । यता, शर्मा भने नेता जनार्दन शर्माको आडमा मन्त्रीको दाबी गरिरहेका छन् । मन्त्रीबाट फिर्ता हुन लागेकी केसी पनि नेता जनार्दन शर्मानिकट छिन् ।
तीन जनाबीच सहमति नजुटेका कारण माओवादीका मन्त्री फेरबदल केही दिन लम्बिएको छ । सत्ता समीकरणबारे धेरै प्रतिक्रिया नदिएकी नेपालीले शिलापत्रसँगको कुराकानीमा आफू मन्त्रीका लागि दाबेदार रहेको मात्रै बताइन् । कर्णाली सरकारमा कांग्रेसबाट भने अहिले एक जना मात्र मन्त्री हुनेछन् । एमालेको माधव नेपाल समूहबाट तीन जना मन्त्री भइसकेका छन् ।
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
प्रतिक्रिया