चिकित्सा शिक्षा सुधारका अभियान्ता डा केसीको सत्याग्रह स्थगित

काठमाडौँ चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् ।

उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै फागुन १२ गतेदेखि अनशन बस्‍ने घोषणा गरेका थिए । माइतीघर मण्डलमा माघ २९ गते बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका थिए ।

 प्रधानमन्त्री केपी ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले सत्याग्रह स्थगित गरेको स्पष्ट पारेका छन् । विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर जारी रहने केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।