ओलीले तत्काल राजीनामा नदिने, सर्वोच्चको आदेशानुसार संसद बैठक बोलाउने

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नगर्ने भएका छन् । अन्य दलसँग छलफल र परामर्शपछि मात्र उनले निर्णय गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा ओली समूहको बैठकले सर्वोच्चको आदेशबमोजिम नै संसद बैठक आह्वान गर्ने निष्कर्ष निकालेका छन् । अब ओलीले संसद र संसदीय दलको सामना गर्ने रणनीति लिएको प्रष्ट भएको छ ।